


कोभिड प्रयोगशालाकर्मीलाई तालीम


-
-
मंसिर १८ गते, २०७७ - १५:१२

चितवन । वाग्मती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकका लागि दुई दिने तालीम आजदेखि यहाँ शुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुद्वारा आयोजित उक्त तालीममा जैविक सुरक्षा, व्यक्तिगत सुरक्षा उपकरणको परिचय, उपकरणको निर्मलीकरण, जैविक सुरक्षाको तह, नमूना सङ्कलन, ढुवानीका बेला अपनाउनुपर्ने सुरक्षा विधि, फोहरको व्यवस्थापन, विवरण सङ्कलन र अध्यावधिकलगायत विषयमा प्रशिक्षण दिइने छ ।
तालीमको उद्घाटन गर्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पिसिआर प्रयोगशालामा पछिल्लो समय आमूलपरिवर्तन आएको बताए । चितवन जिल्लामा मात्रै १० प्रतिशतभन्दा बढी जनताको पिसिआर परीक्षण गरिएको भन्दै उहाँले यस क्षेत्रमा जोखिम मोलेर काम गरेकाप्रति सरकारले उचित मूल्याङ्कन गरेको बताए ।
उनले भने, “प्रयोगशालामा काम गर्ने तपाईहरु चिकित्सकको पनि चिकित्सक हो । तपाईहरुले गरेको प्रयोगशालाको नतिजाका आधारमा चिकित्सकले बिरामीलाई औषधि दिन्छन् ।” स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्षसमेत रहनुभएका डा अधिकारीले प्रयोगशाला परीक्षणको अभावमा दुर्गम जिल्लामा रोग फैलिँदासमेत अज्ञात रोग भन्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “चितवन जस्ता ठाउँमा जस्तोसुकै रोग आए पनि अज्ञात रोग भन्न पर्दैन । त्यो प्रयोगशालाकै कारणले हो ।”
कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले जिल्लामा तीन वटा पिसिआर परीक्षण प्रयोगशाला रहेको भन्दै यसले उपचार र कोभिड रोकथाममा सहयोग पुगेको बताए ।
वाग्मती प्रदेश प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक नारायण कार्कीले कोभिड प्रयोगशालामा काम गर्नेहरुले चाडपर्वको समयमा समेत बिदा नबसी काम गरेको बताउँदै सुरक्षाका विधिका बारेमा थप चनाखो हुन यो तालीम प्रभावकारी हुने बताए।
कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल, रमेश धमलालगायतले तालीमको प्रभावकारितताको बारेमा जानकारी दिए ।
दुई दिने तालीममा वाग्मती प्रदेशका पिसिआर प्रयोगशालामा कार्यरत ३५ जनाको सहभागिता छ । तालीममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा महेश अधिकारी र भरतपुर अस्पताल कोभिड– १९ प्रयोगशालाका प्रमुख डा नीतु अधिकारीले प्रशिक्षण दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच...पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा...शान्तिपूर्ण प्रदर्शनमा आइन्दा हस्तक्षेप नगर्न प्रचण्ड-नेपालको सरकारलाई आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि...कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनबिरुद्ध थप आन्दोलन...निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने
काठमाडौं । नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने...विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश
काठमाडौं । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार...इञ्जिनीयरलाई अब परीक्षा लिएर मात्र इजाजत दिने
काठमाडौँ । नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई...उपत्यकामा १७ सहित देशभरि ६२ अस्पतालमा काेराेना खोप दिइदै, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको...प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको...लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश