Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मापदण्ड नपुगेका ८ उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ वटा उद्योगलाई खाद्य ऐन बमोजिम उत्पादन रोक्का गरिएको र एकको मापदण्ड सुधार गरिएकाले उत्पादन फुकुवा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए ।

जसमा कञ्चनपुरको कौशल कञ्चन मिनरल शुक्लाफाँटा झलारी पानी उद्योगले मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएकोमा मापदण्ड सुधार गरी कार्यालयमा जानकारी गराएकोले उत्पादन फुकुवा गरिएको उनले बताए । कैलालीका मापदण्ड नपुगी उत्पादन रोक्का रहेका प्रशोधित पानी उद्योगमा कैलाली बाटर इण्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एण्ड बेभरेज इष्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एण्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेस्ट उद्योग टीकापुर रहेका छन् ।

कञ्चनपुरका प्रशोधित पानी उद्योगमा डेली ड्रिङ्किङ बाटर एण्ड मल्टी प्रोडक्सन उद्योग पुर्नवास, ब्लु बर्ड बाटर टिटमेन्ट एण्ड सप्लायर्स भीमदत र शिवशङ्कर बाटर एण्ड मल्टि प्रोडक्सन भासी रहेका छन् । स्वच्छतामापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरेसम्मका लागि आठ उद्योगको सिलबन्दीसहित उत्पादन रोक्का राखिएको बताइएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/७८ प्रथम चार महिनाको अवधिमा खाद्य नमूना विश्लेषण र दाना नमूना विश्लेषणबाट रु पाँच लाख ७३ हजार १६५ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies