Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो दुई हजार ६१२ मेट्रिक टनले कमी हो । कृषि ज्ञान केन्द्र तनहुँका समयमै धान रोपिए पनि उत्पादनमा कमी आएको हो ।

यहाँ गत वर्षभन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मोहन प्रकाश श्रेष्ठका अनुसार यस वर्ष धान पसाउने बेला रासायनिक मलको अभाव तथा धानमा विभिन्न रोग लागेकाले उत्पादनमा कमी आएको हो ।

गत वर्ष २० हजार ३२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष २१ हजार ९५१ हेक्टरमा धान रापाइँ भएको थियो । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५५ मेट्रिक टन धान उत्पादन भएको नवलपुरमा प्रतिहेक्टर ४ दशमलव ०९ मेट्रिक टन मात्रै धान उत्पादन भएको श्रेष्ठले जानकारी दिए ।

यस वर्ष किसानले धान पसाउने समयमा रासायनिक मल पाउन सकेका थिएनन् भने पसाएको धानमासमेत राते, गबारो, पोकेलगायतका विभिन्न रोग लागेको थियो । धान स्याहार्ने बेलामा धानमा पोगटा मात्रै भएको किसानको गुनासो छ । यस वर्ष धान उत्पादनमा कमी आएको किसानको भनाइ छ ।

तल्लो क्षेत्रमा उन्नत जातका सावा, सावित्री, हाईब्रिड गोरखनाथ जातको धानखेती हुँदै आएको छ । पहाडी क्षेत्रमा पनि उन्नत जातका सावित्री, सावा र स्थानीय जातको झिनुवा, अनदीलगायत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय कावासोतीका प्रमुख मीरा चौधरीले बताए ।

जिल्लाका किसानले लगाएको धान समर्थन मूल्यमा किनबेचका लागि प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपरासी पूर्वका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए । सहकारीलाई खरिद गर्न आवेदन खुला गरिएको भए पनि अहिलेसम्म कुनै निवेदन नदिएको शर्माको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies