


न्यायपालिकामा हुनसक्ने अनियमितता सुधारका लागि सरोकारवालासँग छलफल


-
-
मंसिर १८ गते, २०७७ - १०:२०

बलेवा । न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।
सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार उच्च अदालत बागलुङसहित पर्वत, बागलुङ र म्याग्दीका जिल्ला न्यायाधीश, बार, सुरक्षा अधिकारी, कर्मचारी, पत्रकारलगायतसँग भेटेका हुन् ।
अदालतमा हुने ढिलासुस्ती अन्त्य गर्ने, बिचौलियाका कारण न्याय सम्पादनमा असर परे नपरेको बुझ्ने तथा अन्य विकृति विसङ्गति के हुन सक्छन् भनेर छलफल गरेको उलने बताए । न्यायाधीश राउतले न्यायपालिकाको आस्था जोगाउन र आम जनतामा न्यायपालिकामाथिको विश्वास कायम राख्न समितिले अध्ययन, छलफल र देशव्यापीरूपमा सुझाव सङ्कलन गरेको बताए ।
“आम नागरिकको न्यायमा पहुँच बढाउन के गर्न सकिन्छ भनेर छलफल गर्दैछौँ”, राउतले भने, “नागरिकको सही दृष्टिकोणअनुसारको सुझाव पेश गर्छौँ ।” उक्त सुझावबारे सर्वोच्चको पूर्ण इजलासले छलफल गर्ने र देशभरका न्यायालयमा सुधार ल्याउने उनले बताए ।
बुधबारै उनले कर्मचारीको बैठकमा न्यायालयमा अनियमितता रोक्न आग्रह गरे । उनले कानूनअनुसारको न्यायसम्पादनको काम सफल पार्न कर्मचारीले खेल्नुपर्ने भूमिकाबारे पनि प्रष्ट पारेका थिए । अभियानका क्रममा रजिष्ट्रार लालबहादुर कुँवरले पनि देशभरको सुझावबाट निस्कने निष्कर्षको आधारमा अदालतको सुधारको कार्ययोजना बनाउने बताए । न्यायाधीश राउतले पत्रकारसँग पनि छलफल गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...
