Khabar Dabali Logo
  January 18, Mon

एमएकाे परीक्षा दुई घण्टाको मात्र लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ – व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन सुरु गरिएको जानकारी दिए। प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो । मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ ।

डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुनेहुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिए। विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उनको भनाइ छ ।

राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताए ।

यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ । विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो । विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ ।

मंसिर १८ गते, २०७७ - ०८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top