Khabar Dabali Logo
  January 22, Fri

अझै १५ दिन निषेध गरिएका सेवा तथा व्यवसाय सञ्‍चालन गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत् सञ्‍चालन गर्न नहुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म यसअघिको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आउँदो १५ दिनको सङक्रमण अवस्था हेरेर थप निर्णय गरिने बताए ।

आजको गोरखापत्र दैनिकमा खबर छ – उनले अझै १५ दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रिकालीन व्यवसाय रहेको बताए । धेरै मानिस जम्मा हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने सेवा तथा व्यवसाय अझै १५ दिनसम्म बन्द गर्नुपर्ने उनले बताए । प्रवक्ता गौतमका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेछ ।

यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको प्रवक्ता गौतमले बताए । डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाइसाथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरे ।

मंसिर १८ गते, २०७७ - ०८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...   

सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...   

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन...   

लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन् काठमाडौं । देशमा बेरोजगारीको...   

सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे

काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका...   

कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार...   

नेपालीको भान्छा अचाक्ली महँगियो

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको...   

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’...   

बहस गर्ने वकिलको नाम नथप्न आदेश

न्यायाधीश भन्छन्, ‘बहस चुनावसम्म नलम्बियोस्’ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको...   
सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top