Khabar Dabali Logo
  January 18, Mon

पुल उद्घाटन गर्न गएका कांग्रेस नेता पौडेल तीन घन्टा प्रहरी नियन्त्रणमा

तनहुँ । व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर तीन घन्टा पछि छाडेको छ । कांग्रेसले यसलाई सरकारको सर्वसत्तावाद भनेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – पुल उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताबीचको विवादले झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले दिउँसो १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गर्‍यो । तर, निषेधाज्ञाकै समयमा नेता पौडेल कार्यकर्तासहित पुल उद्घाटन गर्न गएपछि प्रहरीले उनीसहित कांग्रेसका १२ जना र युवासंघका ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

‘दिउँसो दुई बजेबाट युवा संघका कार्यकर्ताले विरोधमा र्‍याली निकालेका थिए । तर, प्रशासनले निषेधाज्ञा भन्दै नेता पौडेलसहित कांग्रेस कार्यकर्तालाई धरपकड गर्‍यो । तर, र्‍याली निकाल्ने युवासंघका सयौँ कार्यकर्तालाई पक्राउ गरेन,’ तनहुँ कांग्रेसका सभापति वैकुण्ठ न्यौपानेले भने । त्यसक्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडपसमेत भएको थियो । प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

झडपमा संविधानसभा सदस्य रामचन्द्र पोखे्रल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी र ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले घाइते भएका छन् । पोख्रेलको ढाडमा चोट लागेको छ भने हड्खलेको हातको औँला भाँचिएको र अरूलाई सामान्य चोट लागेको सचिव आचार्यले बताए । ‘घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने । भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

पौडेलसहित पक्राउ गरिएका सबैलाई साँझ पौने ६ बजे ससम्मान रिहा गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जनाएका छन् । ‘पुल उद्घाटनका विषयमा ठेक्का व्यवस्थापन गर्ने निकाय सडक डिभिजन र जिल्ला पूर्वाधार कार्यालयहरूसँग समेत समन्वय भएको रहेनछ, ती कार्यालयहरूले समेत उद्घाटन रोकिदिनु भनेका थिए,’ सिडिओ आचार्यले भने, ‘दुई पक्षबीच झडप हुने अवस्था समेत सिर्जना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर मध्याह्न १२ देखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो, तर निषेधाज्ञाकै बीच उहाँहरू पुल उद्घाटन गर्न जानुभएपछि बाध्य भएर नियन्त्रणमा लिनुपर्‍यो । लाजमर्दो घटना भयो ।’

तनहुँका एसपी अरुण पौडेलले तीन घन्टापछि नेता पौडेललाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको रोहवरमा छाडिएको बताए । ‘पौडेललाई निषेधाज्ञा तोडेका कारण पक्राउ गरिएको हो, तीन घन्टापछि रिहा गरेका छौँ,’ उनले भने ।

तत्कालीन जिविसको एसएनआरटिपी परियोजनाअन्र्तगत ०७३ वैशाखमा सुरु भएर ०७५ कात्तिकमा बुल्दीपुलको निर्माण कार्य सकिएको थियो । दुई करोड ५४ लाख लागतमा पुल सूर्य एन्ड सन्स कम्पनीले निर्माण गरेको पुलको उद्घाटन भने भएको थिएन । कांग्रेस कार्यकर्ता बाहुल्य रहेको निर्माण उपभोक्ता समितिले नेता पौडेल गृहजिल्ला आएका वेला उनीबाटै पुल उद्घाटन गराउने कार्यक्रम तय गरेको थियो । तर, सत्तारुढ नेकपाका नेता–कार्यकर्ताले त्यसमा विरोध जनाएपछि विवाद भएको थियो ।

प्रहरीले आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा कांग्रेस–कार्यकर्ताले राजमार्गमा टायर बालेर अवरोध गरेका थिए । त्यस्तै, नेविसंघले बुधबार साँझ बाग्लुङमा प्रदर्शन गरेको छ ।

सर्वसत्तावादको अभ्यास : कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलमाथिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको अभ्यास भएको बताएका छन् । पौडेलसहितका नेता–कार्यकर्तामाथि भएको धरपकड आपत्तिजनक र निन्दनीय भएको भन्दै सभापति देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्र्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार भएर बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

वर्तमान सरकारको अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेसले एकढिक्का भएर प्रतिरोध गर्ने चेतावनी विज्ञप्तिमा छ । त्यस्तै, कांग्रेस नेता प्रदीप गिरीले पनि घटनाको विरोध गरेका छन् । ‘सर्वसत्तावाद भनेको यही हो । आज रामचन्द्रमाथि ज्यादती भयो, भोलि शेरबहादुरमाथि हुन्छ, म यसको घोर निन्दा गर्दछु,’ उनले भने ।

मंसिर १८ गते, २०७७ - ०६:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...   

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...   
प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...   

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...   

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...   

भारतबाट थप १५ मेगावाट विजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...   

ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...   
मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान

काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...   

आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...   
यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

यसरी गरिँदैछ प्रचण्ड–माधव एकता

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top