


श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु


-
-
मंसिर १७ गते, २०७७ - १४:२३

मङ्गलबारे । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।
उनको श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराईरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।
उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताए । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न
ललितपुर । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं...बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम
मोरङ । ‘बेसहाराका लागि सहारा’ बन्दै मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । मुख्य कार्यालय...स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान
खलङ्गा । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका...अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य
उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य...इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा...राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ...नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त...गलकोटमा केही दिनयता १८ घरमा तोडफोड र चोरी
गलकोट । बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता...तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...
