


बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने


-
-
मंसिर १७ गते, २०७७ - १४:०५

एजेन्सी । बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।
‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बेलायतभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । स्वास्थ्य सचिव म्याट ह्यानककले अर्को हप्ताको शुरुदेखि खोपको कार्यक्रम शुरु गरिने बताए । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने ।
उच्च जोखिममा रहेका समुहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।
बेलायत सरकारले खोपको ४ करोड डोज अर्डर गरेको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ।
फाइजर–बायोएनटेक र अमेरिकी कम्पनी मोडेर्नाले खोपको प्रारम्भिक अध्ययनमा यो ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको पाइएको दाबी गरेको छ । यो सामान्य खोपको प्रभावकारिता दरभन्दा निकै बढी हो । दुवै खोप आरएनए (एमआरएनए) प्रविधिमा आधारित छन् ।
फाइजरले बेलायतले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिनु कोभिड–१९ विरुद्धको युद्धमा ऐतिहासिक पल भएको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
निर्वाचनपछि हाम्रै पार्टीको बहुमतसहितको सरकार बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका...सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।...१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने...ओलीलाई ‘उल्टो खोपडीको मान्छे’को संज्ञा दिँदै प्रचण्डले भने- संविधान यतिबेला आइसियुमा छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौंदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट...मुख्यमन्त्रीहरुविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे कांग्रेसको छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका...तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको...माधव नेपालले भने : यो त कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको...ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्, कुन पार्टी आधिकारिक हो सडकमा हेर्नु : खनाल
काठमाडौं । कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा...मलेशियाबाट १७ जना नेपालीको शव काठमाडौं ल्याउँदै
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...

प्रतिकृया लेख्नुहोस्:
- भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
- भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
- कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु
- नेपाल आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप