


बेपत्ता भएका व्यक्तिका लागि छानबिन आयोगको टोली बझाङमा


-
-
मंसिर १७ गते, २०७७ - १३:५९

बझाङ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ ।
आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको छ ।
द्वन्द्वका बेला यहाँबाट बेपत्ता भएका वा बेपत्ता पारिएका २० जनाको नाम र ठेगाना आयोगले सार्वजनिक गरेपछि पीडित परिवारले उनीहरुको छिटोछरितो खोजी तथा छानबिनका लागि आयोगसँग अनुरोध गरेका छन् ।
सो अवसरमा आयोगका अध्यक्ष सुवेदीले देशभर ७७ जिल्लामध्ये ७५ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बेपत्ताको छानबिनका लागि उजुरी दर्ता भएको र आयोगले क्षेत्र, जिल्ला एंव स्थानीय तहसमेत छुट्याइसकेको बताउनुभयो । उनले पीडितलाई राहत दिने र पीडित पहिचानमा राज्यले ढिलाइ गरेकोमा क्षमासमेत मागे ।
अध्यक्ष सुवेदीले बताए, “अब स्थानीय सरकारलाई बेपत्ता व्यक्तिको विवरण पठाउँछौँ । बेपत्ता व्यक्ति घर परिवारको सम्पर्कमा आए नआएको विवरण लिएर स्थानीय तहले आयोगमा पठाइ सहयोग गर्नुपर्छ ।” पछिल्लो समय धेरैजसोले सूचना नपाएर उजुरी गर्न नसकेकालाई आवश्यक कागजात तथा प्रमाण लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन पनि उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...आम्दानीको स्रोत भैँसीपालन
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे...छिमेकीको ढुंगा प्रहारबाट २१ वर्षीय बिकको मृत्यु
दाङ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामुबिकको आइतबार...अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा...बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार...करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० का विभिन्न स्थानमा करीव छ बिघामा लगाइएको...टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार...
