Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार हाल सो क्षेत्र तेजपात उत्पादनमा अग्रणी बन्न पुगेको छ ।

सरकारी र निजी क्षेत्रको संरक्षणमा रहेका वनमा तेजपात खेती हुँदै आएको छ । रौता क्षेत्र जिल्लामै बढी तेजपात उत्पादन गर्ने क्षेत्र भएको जिल्ला तेजपात व्यवसायी तथा उद्यमी भरत थापाले बताए । डिभिजन वन कार्यालय गाईघाटका अनुसार कूल तेजपात उत्पादनमध्ये वार्षिक ७० प्रतिशतसम्म उत्पादन हुने गरेका कारण रौतामा तेजपात उत्पादन तीव्र वृद्धि भइरहेको छ । रौता बाहेक उदयपुर गढीको भलायाडाँडा, डुम्रे, तावाश्री, कटारीको सिरिसे, हर्देनी, मयङ्खु, ताप्ली, चौदण्डीको सिद्धिपुर, बबलामा समेत व्यावसायिक रुपमा तेजपात उत्पादन हुँदै आएको छ ।

अहिले गाउँपालिकाको मुर्कुची, कोप्चे, नामन्त, मलबासे, माझखर्क, पाँबु, बोलुङखा, आँपटार, सल्ले, इनामे, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए । अहिले आएर गाउँपालिका क्षेत्रबाट मात्र वार्षिक रु ६ करोडभन्दा बढी मूल्यको तेजपात बिक्री हुने गरेको गाउँपालिकाका अध्यक्ष खड्का बताए । लामो समयदेखि व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको भए किसानले उचित मूल्य नपाउँदा वर्षेनी घाटा सहेर बिक्री गर्न बाध्य हुनुपरेको खम्ब मस्र्याङ्गी मगरको गुनासो छ ।

यो क्षेत्र जिल्लाको पहिलो तेजपात जोन क्षेत्रसमेत बनेको रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताए । जिल्लाको पहिलो उत्कृष्ट उत्पादन हुने क्षेत्र बन्न पुगे पनि यस क्षेत्रका किसानको तेजपातको मूल्य निर्धारण बिचौलिया र खरिदकर्ता व्यापारीले गर्ने गरेको उनले बताए । उत्पादक किसानले भने लामो समयदेखि उचित मूल्य नपाउँदा अन्याय सहँदै आउन परेको पाँबुका दीपबहादुर मगरले बताए ।

यस क्षेत्रमा उत्पादित तेजपात विराटनगर हुँदै जोगमनी तथा सिरहाको लहान हुँदै वीरगन्ज भएर भारत निकासी हुँदै आएको छ । दश वर्षदेखि यता गाउँघरमा तेजपातको मूल्य रु ३०–४० प्रतिकेजी रहेको र अन्यत्र वीरगन्ज तथा विराटनगरमा रु ८० देखि १०० प्रतिकेजी मूल्यमा हुने गरेको छ ।

रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काका अनुसार उत्पादन मूल्य निर्धारण गर्न गाउँपालिका नै विभिन्न व्यापारीसँग पहल शुरु गरिएको छ । उचित मूल्य निर्धारण गर्न पहल गर्ने उहाँ बताउनुहुन्छ । मुर्कुचीका उत्पादक किसान हर्कबहादुर मगर भन्छन्, “रौता तेजपातको पहिलो जोन बन्न पुगेको छ, यस क्षेत्रका ८० प्रतिशत किसानले व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् भने अझै वर्षेनी खेतीमा वृद्धि हुँदै गइरहेको छ ।” स्थानीय सरकार र सम्बन्धित निकायले बिचौलियाको चलखेल नियन्त्रण गर्न सके वार्षिक रु दश करोड बढी मूल्यको तेजपात निर्यात गर्न सकिने मगरको दावी छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies