Khabar Dabali Logo
  January 24, Sun

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँट

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आइपिओ बाँडफाँट गरेको छ । आइपिओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज माउन्टेनको आइपिओ बाँडफाँट गरेको हो ।

गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए। आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५ जनाले सहभागिता जनाएका थिए ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिए। उनका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् । शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन् ।

कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक जलविद्युत्) आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

मंसिर १७ गते, २०७७ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन : अब विगतमा जस्तो धोका पाउनुहुने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने...   

जनताका घरदैलामा जान थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक...   

प्रचण्ड–माधव समूहको नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने...   

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम...   

मलेशियाबाट १८ जना नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट...   

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

इस्लामबाद । पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको...   

राष्ट्रपति बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका...   

कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट...   

आजदेखि कोरोना खोप सातवटै प्रदेशमा पठाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले...   

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top