Khabar Dabali Logo
  January 20, Wed

कोरोना सङ्क्रमणको जोखिम बढेपछि ११ दिनका लागि लकडाउन

बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए। उनले भने, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।”

मङ्सिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ । यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ । पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मङ्सिर २२ सम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५६८ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ४९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मंसिर १७ गते, २०७७ - १०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा...   

सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा...   

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान...   

भोलिलाई सर्‍यो संसद विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा संसद विघटन गर्न नपाइने तर्क

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ...   
ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड

ओलीको हातमा अब केही पनि छैन, उनले हारिसके : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा...   

रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाई फायर

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा नेकपाको दाहाल–नेपाल समूह र नेपाली...   

कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङका डाक्टरमाथि कुटपिट

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि...   
ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री पद छोड्नुपर्‍योः अध्यक्ष नेपाल

ओली कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री पद छोड्नुपर्‍योः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री...   

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र निर्वाचन हुँदैन भन्ने भ्रममा नपरौं : प्रधानमन्त्री ओली

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै...   
लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

लेखक वाग्लेको प्रश्नः प्रधानन्यायाधीश प्रधानमन्त्रीको कोठामा निरीह भएर जाने यो कस्तो लोकतन्त्र हो ?

काठमाडौं । लेखक नारायण वाग्लेले प्रतिपक्ष र प्रधानन्यायाधीशसमेत लाचार हुने यो कस्तो लोकतन्त्र हो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top