


विद्यालय सञ्चालनको तरखरमा स्थानीय तह


-
-
मंसिर १७ गते, २०७७ - ०९:५९

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए ।
यहाँको भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरेपछि विद्यालय सञ्चालक र व्यवस्थापन समिति अभिभावकको राय लिन व्यस्त छन् । भेलामा अधिकांश अभिभावकले विद्यालयमा बालबालिकाको भौतिक दूरी कायम, स्वास्थ्य सर्तकतालगायतका मापदण्ड अपनाएर दिनमा दुई पालोमा सञ्चालन गर्न राय दिएपछि नगरपालिकालाई निर्णयसहितको पत्र पठाएको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले बताए ।
“अभिभावक भेलाको निर्णय, आवश्यक व्यवस्थापन र शिक्षकलगायतका सबै व्यवस्थापनसहितको निर्णय कपी हामीले नगरपालिकामा पठाएका छौँ”, प्रिन्सिपल ओझाले भने, “नगरपालिकाले केही दिनभित्र विद्यालय सञ्चालनका लागि पत्राचार गर्ने भनेको छ ।” उनले विद्यालयमा भौतिक दूरी, मास्क, स्यानिटाइजरलगायतका व्यवस्थापन गरेर मात्रै अध्यापन गराउने बताए । “बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ”, उनले भने, “यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।”
उनले लकडाउनअघि विद्यालयमा ४०० विद्यार्थी रहेको बताए । “लकडाउन अवधिमा अनलाइन कक्षा सञ्चालन गरिए पनि सानो कक्षामा त्यति प्रभावकारी हुनसकेन”, ओझाले भने, “कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुग्यो ।”
त्यसैगरी भीमदत्त–१३ बडैपुरमा रहेको बालविद्या निकेतनले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ । “हामीकहाँ अहिले २५ प्रतिशत मात्रै विद्यार्थी अध्ययनरत छन्”, बालविद्या निकेतनका प्रिन्सिपल कृष्ण साउदले भने, “हामीले अभिभावकको भेलाबाट सहमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेका हौँ ।” उनले सामाजिक दूरी कायम र नियमित विद्यार्थीको तापक्रममापन, मास्क अनिवार्य र दैनिक विद्यालयमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।
“निर्देशिकामा विभिन्न सातवटा विकल्प छन्”, सुवेदीले भने, “त्यसमा उपयुक्त विकल्प छानेर सञ्चालन गर्नुपरे सम्बन्धित पालिकामा स्वीकृति लिनुपर्ने भनिएको छ ।” उनले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिले पनि विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार पालिकाको सहमति लिई उपयुक्त विकल्पमा कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए ।
कञ्चनपुरमा पछिल्लो केही समययता विद्यालय सञ्चालनमा आउने क्रम जारी रहेको सुवेदीले जानकारी दिए । यहाँ २४९ निजी र २६१ सामुदायिक विद्यालय छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पालिकाभित्र विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।
उनले आजदेखि कक्षा ९ देखि १२ सम्म र मङ्सिर २१ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । “आजसम्म विद्यालयलाई कुन विधि र विकल्पबाट सञ्चालनमा ल्याउने भनेर अभिभावक भेला, जनप्रतिनिधि र सङ्घसंस्थाको रायसहित निर्णय लिएर आउन भनेका छौँ”, चन्दले भने । वेदकोट नगरपालिकाले विद्यालयमा स्यानिटाइजर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने चन्दको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
सप्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन...प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका...बुबाले गरे आफ्नै २ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२,...सवारी दुर्घटनामा २० वर्षीय युवकको मृत्यु
काठमाडौँ । धादिङ, बेनिघाटरोराङ गाउँपालिका ५ बादरेमोडस्थित सडकमा बा.८४ प १५७१ नम्बरको मोटरसाइकल र प्रदेश...प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
झापा । शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा...गोदावरी राष्ट्रिय वनस्पति उद्यानः खरेटो र चैत्यफूलको संरक्षण
ललितपुर । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई...चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’
पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’...भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि...अमेरिका प्रवेश गर्न कोरोना रिपोर्ट नेगेटिभ चाहिने
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो...चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी...
