


वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम साना–साना समूहमा गरिने


-
-
मंसिर १७ गते, २०७७ - ०९:३८

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे ।
विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी त्यसको समन्वयका लागि काठमाडौँ महानगरपालिकाले समेत नेतृत्व लिनुपर्ने उनले बताए । कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वाग्मतीमा हालसम्मको प्रगति, विद्यमान चुनौतीको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गरे । प्याकुरेलले सरोकार भएका निकायका बीच समन्वयात्मक ढङ्गबाट अगाडि बढ्ने बताए ।
समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले वाग्मती शुद्धीकरणमा सबैको सहयोगको आशा राख्नुहुँदै हालका समस्या समाधान गर्न लागिएको जानकारी दिए । अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्ने, वाग्मतीको ढल व्यवस्थापन चोभारसम्म पुर्याउने र मुआब्जा दिने कुरामा आफू कटिबद्ध भएर लाग्ने भन्दै उनले त्यसमा सबैको साथ र सहयोगको आवश्यकता हुनुपर्ने बताए ।
सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने अध्यक्ष तिमल्सेनाको भनाइ थियो । बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागिररहेका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीले विचार, समस्या एवं वाग्मती नदी र अन्य सहायक नदीको संरक्षण एवं सुधारका सम्बन्धमा सुझाव दिएका थिए ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...वन सुधार गर्न प्राविधिकको माग
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले...तनहुँ कालिका मन्दिर परिसरमा चौध बोरा फोहर
तनहुँ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको गन्तव्यका रुपमा सूचीकृत गरेको तनहुँ कालिका मन्दिर...भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती
ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल...सुडान झडपमा ८० भन्दा बढीको मृत्यु
सुडान । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदउपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ...
