Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

राज्यबाटै लखेटिएका सुकुमबासी

गरिखाने ऐलानी जग्गा स्थानीय सरकारले खोस्यो, विकल्प माग्दा मेयरले हप्काए

झापा । कन्काई नगरपालिका–५ तुलसीबारीका ज्ञानबहादुर भट्टराईको परिवारसँग गरिखानका लागि १८ कट्ठा १२ धुर ऐलानी जग्गा थियो । भट्टराईका दुई दाजुभाइ यही जग्गामा खेती गर्थे र वर्षभरि खान पुर्‍याउँथे । उनीहरूको अन्त कतै एक चप्परी पनि माटो छैन, तर भएको सबै जग्गा स्थानीय तहले हडपिदियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बिपी वनवाटिकाका लागि भन्दै उनीहरूले ०५३ बाट जोतभोग गर्दै आएको जग्गामा घेराबारा लगाइदियो । ०७५ पछि त्यहाँ उनीहरूले खेती गर्न पाएका छैनन् । उनका बुबा जगतप्रसादले बिपी वनवाटिकामा लामो समय हेरालुको काम गरे । तीन वर्ष ज्याला पनि पाए ।

तर, पछि ज्याला नपाएपछि उनले वनछेउकोे खेतीयोग्य जमिन उपभोग गरेर त्यहीँबाट गुजारा चलाए । भएको जमिन खोसिएपछि ज्ञानबहादुरका दाइ लक्ष्मीप्रसाद विस्थापित भएर अर्काकोमा शरण लिन पुगेका छन् । ज्ञानबहादुरको वनवाटिकापारि ऐलानी जग्गामै झुप्रो छ ।

तर, गरिखाने ठाउँ नभएपछि उनी धनुषाको लालगढमा चिया पसल गर्न थालेका छन् । ‘यत्रो वर्ष पसिना बगाएर चौरमा धान फलायौँ । खुनपसिना बगेको खेत हामीलाई थाहै नदिई खोसिदिए । सुकुमबासी थियौँ । झनै केही नहुने बनाइदिए,’ ज्ञानबहादुर भन्छन्, ‘केही नहुनेलाई राज्यले हेर्छ भन्ने सोचेका थियौँ, उल्टै लेखेटिदिए ।’

उनीसहितका सुकुमबासीले वनवाटिकाको पूर्वतिर प्रतिघर १२ हजार उठाएर सडक समेत खनेका थिए । वडा कार्यालयले बलजफ्ती त्यो पैसा पनि केही वर्षअघि फिर्ता दियो । ‘हामीले जोतभोग गरेको प्रमाण पुग्दैन थियो भने बाटो खन्न किन पैसा उठायो ?’ ज्ञानबहादुर भन्छन्, ‘फेरि जग्गा खोसिएपछि किन फिर्ता दियो ? त्योवेला पनि बलजफ्ती गरेर पैसा दिए । अहिले लिइनस् भने पछि पाउँदैनस् भन्दै धम्क्याए ।’

स्थानीय तहबाटै अन्याय
गाउँमा नभएको समयमा आफ्नो जग्गा स्थानीय सरकार र वनवाटिका समितिले खोसिदिएको लक्ष्मीप्रसाद बताउँछन् । ‘खेतीले मात्र खान नपुगेपछि श्रीमती विदेश गइन् । म खसी–बाख्राबाट दुई–चार पैसा हुन्छ कि भनेर व्यापार गर्न गएको थिएँ,’ उनी भन्छन्, ‘त्यही वेला मैले पनि थाहै नपाई जग्गा खनजोत गर्न रोक लगाए ।’

भएको जग्गा वनवाटिकाले लिने निर्णयले अन्यायमा परेको भन्दै स्थानीय सरकारसम्म पुग्दा उल्टै हप्काएर पठाएको ज्ञानबहादुर बताउँछन् । ‘कतिपटक निवेदन लिएर गएँ, कसैले सुन्दैन । नगरपालिकाबाट वडामा पठाउँछ । वडाले कुनै हालतमा हुँदैन भन्छ । मेयरलाई भेट्यो जहाँसुकै जाऊ केही पनि हुँदैन भन्नुहुन्छ,’ उनी भन्छन्, ‘उपमेयरकहाँ जाँदा तपाईंहरू अन्यायमा पर्नुभएको छ, तर मभन्दा माथि मेयर हुनुहुन्छ भन्नुहुन्छ । निवेदन लिएर छलफल गराइदिए के हुन्छ र ? असन्तुष्टिको निवेदन हाल्न पाउनु मेरो अधिकार हैन र ? म हदैसम्मको अन्यायमा परेँ ।’ भट्टराईले जग्गा भोगेबापत विभिन्न समयमा राज्यलाई कर पनि तिरेका छन् ।

नगरपालिकाको दाबी यस्तो
कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भने विवाद समाधान भएरै जग्गामा वनवाटिकाले घेराबारा गरेको दाबी गरे । उनले एकपटक सहमति गर्ने र पछि चित्त बुझेन भन्दै आउनेका विषयमा केही गर्न नसकिने बताए । ‘राजीखुसी भएर हात मिलाएर हामी सहमत भयौँ भनेर दिएको हामीसँग प्रमाण छ । एकपटक दिएर अब हामी दिँदैनौँ भन्नेको समस्या त समाधान गर्न सकिँदैन,’ उनले भने, ‘उहाँहरू मकहाँ निवेदन लिएर पनि आउनु नै भएको छैन ।’

नगर प्रमुख पोखरेलले उक्त विवाद नगरपालिकाले नभई देशका विभिन्न क्षेत्रमा ‘माकुरा विधि’बाट जग्गा र प्राकृतिक स्रोतसम्बन्धीको विवाद समाधान गर्दै आएको प्राकृतिक स्रोत तथा द्वन्द्व रूपान्तरण केन्द्रले गरेको दाबी गरे । ‘माकुराले त्यहाँबाट विस्थापित भएकालाई मेयर आवास कार्यक्रममा घर दिनू भनेको थियो । हामीले सहमति जनाएका थियौँ,’ उनले भने ।

केन्द्रले भने विवाद समाधानमा संयोजन मात्र गरेको जनाएको छ । त्यहाँ भट्टराई परिवारकोे मात्र नभई अन्य परिवारको पनि जग्गा परेको र समाधान भएको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले बताइन् । ‘त्यहाँ अरूको पनि जग्गा थियो । उहाँहरू पनि विस्थापित हुनुभयो, तर भट्टराई परिवारको सन्दर्भमा अलिक फरक छ । अरूले किनेर बस्नुभएको थियो ।

भट्टराई परिवार लामो समयदेखि खनजोत गरेर बसेको थियो । विवाद समाधान गर्दैगर्दा उहाँहरू बाहिर जानुभयो,’ उनले भनिन्, ‘उहाँहरूको कुरा हाम्रो बुबाले वनको हेरालु भएबापत केही पाउनुभएन । योगदानको कदर हुनुपर्‍यो भन्ने छ । अहिले पनि उहाँहरू सम्पर्क गर्नुहुन्छ । फेरि बसेर मिलाउँ भनेको छु । यसमा वनवाटिका र नगरपालिका पोजेटिभ छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies