Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालयको बुधबार हुने बैठकमा उपस्थित नहुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन् । त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् । पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिन्छ ।

सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए ।

३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए । तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ । त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार मंगलबारको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई निराधार आरोप लगाउने तथा त्यसलाई पार्टीको दस्ताबेज भनेर प्रचार गर्ने अध्यक्ष प्रचण्डमाथि अनुशासनको कारबाही किन नगर्ने भनेर ओलीले सोधेका थिए । उनले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान राखेका थिए ।

‘निराधार आरोप र लाञ्छनाले भरिएको पत्रमाथि छलफल हुन सक्दैन, त्यो पत्रमा ममाथि गम्भीर आरोप छन्, त्यसलाई मैले खारेज गरेको छु । यस्तो प्रस्ताव पार्टी कमिटीमा छलफल हुन सक्दैन, यसलाई एजेन्डा बनाउन सकिँदैन,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो ।

तर, कुनै प्रस्तावमा छलफल हुने वा नहुने विषय पार्टी बैठकले मात्र निर्णय लिन सक्ने भन्दै प्रचण्डले ‘छलफल नै हुँदैन भन्ने तपाईं को हो’ भन्ने प्रश्न सोधेका थिए । ‘मैले अगाडि सारेको प्रतिवेदन छलफल हुन सक्दैन भन्ने ओली कमरेडको भनाइ आयो, यो निर्णय तपाईंले गर्ने होइन ।

यो तपाईं एक्लैको अधिकारको विषय पनि होइन । यसको निर्णय पार्टी कमिटीले गर्छ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईं (सचिवालयका अन्य सदस्य) हरूको यसमा धारणा के हो ? दुवै प्रस्ताव छलफल लैजाने कि नलैजाने तपाईंहरू नै भन्नुस् । सबैको सहभागितामा निर्णय गरौँ ।’

प्रचण्डको भनाइलगत्तै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि छलफल हुने धारणा राखेका थिए । वरिष्ठ नेता नेपालले कुनै पनि प्रस्तावको विषयमा व्यक्तिले होइन, पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । ‘पार्टी कसैको पेवा होइन, प्रस्तावमा छलफल हुना साथ पार्टी फुट्छ र त्यसमा पनि पूर्व एमाले र पूर्व माओवादी हुन्छ भन्ने धारणा कसैले नराखे हुन्छ,’ नेपालको भनाइ थियो ।

वरिष्ठ नेता खनालले पार्टीको बैठकमा प्रस्तुत भइसकेपछि प्रधानमन्त्री ओली र प्रचण्डको दुवै प्रस्ताव पार्टीको सम्पत्ति भएकाले अब छलफल गरेरै निष्कर्ष निकाल्नुपर्ने अडान राखेका थिए ।

त्यस्तै, उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले पनि बैठकमा उपस्थित भएर छलफलमै भाग लिइसकेकाले अब रोक्नुस् भन्न नमिल्ने धारणा राखेका थिए । प्रवक्ता श्रेष्ठले छलफलमा अगाडि बढेको विषयलाई रोक्न नमिल्ने मत राख्दै दुवै प्रस्तावमाथि छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए । रामबहादुर थापा पनि बैठकमा प्रस्तुत भइसकेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा उभिएका थिए ।

नेताहरूको रायसँगै २८ कात्तिकमा प्रचण्डद्वारा प्रस्तुत १९ पृष्ठ लामो र त्यसको जवाफका रूपमा ओलीले १३ मंसिरमा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रतिवेदन औपचारिक छलफलमा प्रवेश गरेको सचिवालयका सदस्यहरूको भनाइ छ । ‘अध्यक्षहरूले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यसअन्तर्गत नेताहरूका बीचमा अनौपचारिक छलफल, अन्तक्र्रिया र संवादका प्रक्रिया पनि अगाडि बढाइनेछ ।’

तर, प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले भने दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने एजेन्डामै सहमति नभएको अवस्थामा औपचारिक छलफलै सुरु नभएको बताए । ‘प्रधानमन्त्रीले बैठक अगाडि बढाउनुस्, के छन् आजका एजेन्डा भनेपछि प्रचण्डले दुवै जनाको राजनीतिक प्रतिवेदन र पत्रहरू कार्यसूचीमा रहेको बताउनु भएकोसम्म हो,’ ती सदस्यले भने, ‘प्रतिवेदनमाथि छलफल अघि बढ्यो भनेर एकतर्फी भ्रमपूर्ण प्रचार गर्ने कुरा गलत छ ।’

सचिवालयको बैठक बुधबार बस्ने तय भए पनि ओलीले आफू उपस्थित नहुने स्पष्ट पारिसकेका छन् । ‘म व्यस्त छु, उपस्थित हुन सक्दिनँ,’ ओलीले बैठकमा भनेका थिए ।

‘प्रधानमन्त्रीले पार्टी एकता कायम गरेर अघि बढ्ने हो भने संकटको समाधान खोज्न केही समय लिएर भए पनि अनौपचारिक संवाद गरौँ भन्नुभएको थियो, तर प्रचण्डले त्यो आग्रहलाई पनि नसुनी एकतर्फी रूपमा बुधबार १ बजेका लागि बैठक तोकेकाले प्रधानमन्त्रीले आफू व्यस्त रहेकाले उपस्थित हुन नसक्ने जानकारी गराइसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँले म भोलि व्यस्त हुन्छु, बैठक नगरौँ भन्नुभएको थियो । तर, प्रचण्डले एकतर्फी घोषणा गरेर हिँड्नु भएको छ । सायद उहाँहरूले एकतर्फी बैठक राख्नुहुन्छ होला ।’

तर, प्रचण्डनिकट नेताहरूले भने प्रधानमन्त्रीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल मात्र गर्न प्रस्ताव गरेकाले अनौपचारिक छलफल जारी राख्ने गरी बुधबारका लागि बैठक तोकिएको दाबी गरेका छन् । ‘अनौपचारिक छलफल पनि गरौँ, औपचारिक बैठक रोकेर होइन । बुधबार १ बजे बैठक गरौँ भनेर प्रचण्ड कमरेडले भनेपछि प्रधानमन्त्रीले नै त्यस्ता बैठकको के काम ? भन्दै बाहिरिनु भएको हो,’ ती नेताले भने ।

बर्थडेको माहोलपछि तनाव

दिउँसो १ बजेर १३ मिनेटमा बैठक हलमा प्रवेश गर्दा सबै नेताहरू गम्भीर मुद्रामा थिए । तर, बैठक सुरु हुनुअघि महासचिव विष्णु पौडेलको ६२औं बर्थडे मनाउन केक काट्ने कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेपछि भने एकाएक बैठक रमाइलो माहोलतिर मोडिएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डले दीर्घायुको शुभकामना दिँदै पालैपालो पौडेललाई केक खुवाएका थिए ।

वरिष्ठ नेता नेपालसहित सबैजसो नेताले पौडेललाई शुभकामना दिएका थिए, तर उपाध्यक्ष गौतमले भने सय वर्ष तोकेरै दीर्घजीवनको शुभकामना दिएका थिए । बैठक सुरु भएलगत्तै माहोल तनावपूर्ण भएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies