Khabar Dabali Logo
  January 18, Mon

मादीमा पक्की मोटरेबल पुल निर्माण

कास्की । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ । तत्कालीन जिविसमार्फत शुरु भई हाल प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयन गरिएको सो पुल निर्माणपछि मादी गाउँपालिकाको उत्तरी भेगका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

सो मोटरेबल पुलको सोमबार सांसद खगराज अधिकारीले कार्यक्रमबीच उद्घाटन गरेका थिए । बर्खायाममा मादी नदी बढेपछि यातायात सम्पर्कबाट विमुख हुने मादीपारिका पर्यटकीय गाउँ ताङतिङ, घ्यामराङ, रोही, सेतीखोला, याङ्जाकोट, स्यारचोक, कुस्कुडाँडा, हरिस्वाराँ लगायतका गाउँका नागरिक पुल बनेसँगै उत्साहित भएका छन् ।

जिल्लामै पहिलोपटक ‘प्रिस्टेस’ डिजाइनमा ८३ मिटर लामो सो पुल रु आठ करोड छ लाखमा निर्माण गरिएको पूर्वाधार कार्यालयका इन्जिीनीयर गुरुदत्त अधिकारीले जानकारी दिए । पुल निर्माणका लागि विसं २०७२ चैत २१ मा मृतसञ्जीवनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

विसं २०७६ को असारमा ढलान गर्न तयारी अवस्थामा रहेको सो पुल मादीले बगाएपछि काममा पुनः ढिलाइ भएको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याम्दु मादी पुलले पूरा गरेको बताउँदै विकटतालाई निकट र छुट्टिएको गाउँलाई नजीक ल्याएकामा खुशी व्यक्त गरे ।

गुरुङले राजमार्गसहितको विकास मादीमा शुरु भएको जनाउँदै पुल निर्माण गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको तथा विकास र अवसरको ढोका खुलेको बताए । उनले भने, “ज्याउदु पुलले मादीपारिका जनताको मुहारमा खुशी छाएको छ । यससँगै मादीको भैँसेसम्म आउने मध्यपहाडी राजमार्गलाई यही पुल हुँदै वडा नं ७ को मेलबोट भएर पोखरा लैजान सकेको खण्डमा गाउँपालिकाको धेरै वडा पक्की राजमार्गले छुनेछ ।”

यसैगरी मादी गाउँपालिका–७ को सवीको ठाडो खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुल निर्माणपछि वडा नं ६ र ७ का १०० घरधुरीका ५५० जना प्रत्यक्ष लाभान्वित भएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाबाट गरी २२ लाख ३९ हजार १०८ तथा जनश्रमदान ५१ हजार ७५० गरी रु २२ लाख ९० हजार ८५७ मा पुल निर्माण गरिएको घट्टेखोला सवी ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर विकले जानकारी दिए ।

मंसिर १६ गते, २०७७ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...   

सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...   

अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...   
चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो

सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...   

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...   

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...   
शुक्रबार सार्वजनिक गरिएको  ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे

काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...   

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...   

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top