Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आइसियूमा चाहिने दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव

बागलुङ । धवलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आइसियू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन ।

अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आइसियूमा खटिनुपरेको छ । आइसियू हेर्ने चिकित्सक÷नर्सलाई आइसोलेसनकक्षकोसमेत जिम्मेवारी छ । तीन श्य्याको आइसियूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् । “अहिले जम्मा पाँच÷छ जना नर्स हुनुहुन्छ, आइसोलेशन र आइसियू दुवैतिर उहाँहरु नै खटिनुपरेको छ”, उनले भने । तीन चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले यसभन्दा बढी कार्यबोझ उठाउनु पर्ने अवस्था छ । गम्भीर लक्षणसहितका सङ्क्रमित बढ्ने र धेरैलाई आइसियू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ ।

“पहिलेदेखि नै दरबन्दीअनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “आइसियूका लागि विशेषज्ञसहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौँ ।” उहाँले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइसियूका लागि जनशक्ति माग गरिएको बताए ।

आइसियू सेवाका लागि करारमा पाँच नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले रु पाँचलाख उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उनको भनाइ छ । आइसियूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल केही विशेषज्ञ चिकित्सक रहे पनि आइसियूका लागि थप जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो छ । पछिल्लो समय सघन उपचारलाई अलग्गै विधाका रुपमा लिने गरिन्छ । त्यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै टोली चाहिन्छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले तत्काललाई जनशक्तिकै कारण आइसियू सेवा प्रभावित हुने अवस्था नरहेपनि क्षमता भने बढाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । “हाम्रो आइसियूमा बिरामीको ठूलो चाप पनि छैन । सधँै यही अवस्था नरहन सक्छ, हामीले जनशक्ति र उपकरण थप्नैपर्छ”, उनले बताए ।

सदस्य शर्माले चिकित्सकको ‘टिम’ बनाएर आइसियूमा खटाइको र थप नर्स र सहयोगी राख्न सकेमा सेवा थप सहज हुने बताए । उनले आइसोलेसनकक्षमा भने जनशक्ति व्यस्थापनमा केही जटिलता देखिएको र सुदृढ व्यवस्थापनसँगै स्तरीय उपचार सेवाका लागि समिति क्रियाशिल रहेको जानकारी दिए ।

वर्षौँको प्रयासपछि गत वैशाखमा अस्पतालले आइसियू सेवा शुरु गरेको थियो । कोरोना महामारीले गर्दा आइसियू छिटो सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापनदेखि सरकारी निकायले सक्रियता बढाएका थिए । आइसियूका लागि सङ्घले रु. एक करोड र प्रदेश सरकारले रु. ६० लाख बजेट उपलब्ध गराएको थियो ।

कोरोनाका गम्भीर बिरामीलाई लक्षित गरी अस्पतालमा दुई भेन्टिलेटर पनि सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्ति व्यवस्थापन हुन सकेमा थपिएका सेवाको प्रभावकारिता अझ बढ्ने छ । अस्पतालमा अहिले फिजिसियन तथा महिला तथा प्रसूति, बालरोग, मानसिक, नाक, कान, घाँटीलगायत १४ जना विशेषज्ञ चिकित्सक छन् ।

दश मेडिकल अधिकृतमध्ये केही सेवा अवधि पूरा गरेर बिदा हुने तरखरमा छन् । अस्पतालमा १६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी छ । अस्पताललाई दुई सय श्य्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने प्रदेश सरकारले बजेटमार्फत घोषणा गरिसकेको छ । यसका लागि अहिलेको भौतिक संरचना अपुग हुने भएपछि अस्पताल व्यवस्थापन जग्गाको खोजीमा लागेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies