Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५ श्ययाको अस्पताल शिलान्यास

काठमाडौं । सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, “सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउँदैछ । तीमध्ये करिब २५० पालिकामा एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”

सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । सरकारले चालू वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण शुरु हुने बताइएको छ ।

सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको संयुक्त साझेदारीमा शुरुमा रु एक करोड ५० लाखको लगानीमा निर्माण हुन लागेको सो अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ ।

सरकारकोतर्फबाट थप दुई करोड रुपैयाँ आउने चरणमा रहेको बताइएको छ । तत्काल सात श्ययाको सघन उपचार कक्ष, पाँच श्ययाको भेन्टिलेटर, नौ श्ययाको क्याबिन र ३० श्ययाको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने छ ।

यस अस्पताल सूर्यविनायकका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसँग जोडिएकाले पूर्वबाट आउने बिरामीले समेत सेवा पाउने छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीका लागि अस्पताल वरदान सावित हुने बताउनुभयो ।

उपप्रमुख जुना बस्नेतले अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा आउने बताए । त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालीले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन शुरु गरेको जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासँग रहेको चिकित्सक र अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए।

दुई वर्षभित्र २०० श्ययाको सुुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्दै तत्काल पिसिआर प्रयोगशालासहित, अन्य प्रयोगशाला, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्स–रे, प्रसूति सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिने छ ।

मकवानपुर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाको पाँच स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ ।

थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५÷१५ श्ययाको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०÷१० श्ययाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको ती अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७÷७८ मा थाहामा रु एक करोड, मनहरीमा रु ८५ लाख, राक्सिराङ तथा कैलाशमा रु ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले रासससँग कुरा गर्दै अस्पताल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम सम्पन्न भइसकेको र हप्ता दिनभित्रै बोलपत्र आह्वान गरी निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालका रुपमा निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेको भए पनि गाउँपालिकाले ५० श्ययाको अस्पताल निर्माण गर्ने जानकारी दिए।

तनहुँका पाँच स्थानीय तहमा अस्पताल निर्माण शुरु

दमौली – जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुआत भएको छ । भीमाद , शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ । भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ । भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

भीमाद र शुक्लागण्डकीमा १५÷१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० श्ययाको अस्पताल निर्माण हुनेछ । पन्ध्र श्ययाको अस्पताल निर्माणका लागि रु १८ करोड छ लाख ८२ हजार १० श्ययाको अस्पताल निर्माणका लागि रु १० करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ ।

दश श्ययाको अस्पतालमा दुई जना मेडिकल अधिकृत १७ जना र १५ श्ययाको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् । सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ । शुक्लागण्डकी –११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास गरे ।

भीमाद –६ मा निर्माण शुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताए। भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ ।

देवघाट –५ मा निर्माण शुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।

ऋषिङ–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ । म्याग्दे –४ स्थित थर्पुमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरे। म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए।

भानुमा शिलान्यास स्थगित

भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ । जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले तयारी नपुगेकाले शिलान्यास गर्न नसकिएको जानकारी दिए। बैठक बसेर छिट्टै अस्पताल शिलान्यास गरिने उनले बताए ।

झापा– झापाको मेची नगरपालिकामा आज १५ श्ययाको आधारभूत अस्पताल शिलान्यास भएको छ । नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका– १० को धुलाबारीमा भवनको शिलान्यास गरे । सरकारले अस्पताल नभएका देशैभरका पालिकामा एकैदिन १५ वा पाँच श्ययाको आधारभूत अस्पताल शिलान्यास गर्न निर्देशन दिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए।

मेची नगरसहित १०७ पालिकामा १५ श्ययाको र २८९ पालिकामा पाँच श्ययाको अस्पताल शिलान्यास हुँदैछ । मेचीनगरसहित जिल्लामा बन्ने हरेक अस्पतालको लागत रु १८ करोड ६८ लाख रहेको छ ।

यसअघि मेचीनगरमा प्राथमिक स्वास्थ्य केन्द्र र दातृ निकायको सहकार्यमा आम्दा मेची अस्पताल सञ्चालनमा छ । दमक र भद्रपुरमा यसअघि नै ठूला अस्पताल सञ्चालनमा छन् । जिल्लाको ११ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यासको कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।

गौरादह, झापा, बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास हुने छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies