Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बसेका उनी पर्यटक नै नआएपछि फुर्सदिलो बनेको हो ।

“यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार जनाबाहेक पर्यटक आएका छैनन, चैतमा नै होटलमा चाहिने सामान जोहो गरेर बसियो, पर्यटक नआएपछि फुर्सदमै दिन बित्यो”, उनले भने। कञ्चनजङ्गाको प्रवेशद्वार मानिने घुन्सामा सात वटा होटल छन् । सबै होटलले चैतमा नै आवश्यक सामान जोहो गरे र पर्यटकको सेवाका लागि तयार भए । तर यो वर्ष कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा ती होटल सुनसान देखिन्छन् ।

सधैँका वर्षमा पर्यटकले खचाखच हुने होटल चैतमा नै ल्याइएका खाद्यान्नलगायतका सामानले भरिएका देखिन्छन् । घुन्साका मात्रै नभई तीभन्दा तलका बस्ती फले, ग्याब्ला, आम्जिलेसा, सेखाथुमलगायतका होटलसमेत सुनसान देखिन्छन् । यस मौसममा ज १२ जना विदेशी पर्यटक आएको घुन्साका टाँसी तेञ्जिङले जानकारी दिए। “सधैँका वर्षमा पाँच÷छ सय विदेशी पर्यटक आउँथे, दुवै मौसममा यहाँका होटल भरिभराउ हुन्थे, राम्रै आमदानी हुन्थ्यो तर यो मौसममा १२ जना विदेशी पर्यटक र फाट्टफुट्ट स्वदेशी पर्यटक मात्र आए”, उनले भने।

कञ्चनजङ्गा पदमार्गमा पर्ने विभिन्न बस्तीमा ठूलो लगानीका साथ होटल खोलिएका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण, खर्क अभावलगायतले पशुपालन र उत्पादन न्यून हुँदै गएपछि आलुखेतीबाट दिक्क भएका स्थानीय होटल तथा पसल सञ्चालनमा केन्द्रित छन् । तर यो वर्ष सङ्क्रमणकै कारण पर्यटक नआउँदा भने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय बताउँछन् । “पर्यटक नआउँदा होटल व्यवसायी मात्रै नभई समग्र यहाँका बासिन्दाको आम्दानी घटेको छ, त्यसमाथि यो वर्ष आलु उत्पादनसमेत राम्रो भएन, यसले आर्थिक मन्दी आउने भयो”, तेञ्जिङ शेर्पाले भने ।

व्यसाय ठप्प हुँदा साहुबाट लिएको सामानको ऋण बुझाउनसमेत समस्या भएको स्थानीयवासीले बताए । मौसम शुरु हुनुअघि सदरमुकामलगायतका ठाउँबाट आवश्यक सामान लैजाने र मौसमको अन्तिममा साहु तिर्ने गरिए पनि यस वर्ष गत चैतमै जम्मा भएको खाद्यान्नलगायतका सामान अहिलेसम्म जस्ताकोतस्तै रहँदा समस्या भएको होटल व्यवसायीले बताएका हुन् । कोरोना सङ्क्रमणका कारण चैतदेखि नै लकडाउन शुरु भएको थियो । चैतदेखि जेठसम्म पर्यटक आउने मौसम भएकाले कतिपयले चैतअघि नै सामानको जोहो गरेका थिए । कञ्चनजङ्गा पदमार्गमा पर्ने सेखाथुमदेखि घुन्सासम्ममा एक दर्जन बढी होटल रहेका छन् । उता पदमार्गमा नै पर्ने खम्बाचेन, लोनाकलगायतका होटलसमेत यो वर्ष सुनसान छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies