Khabar Dabali Logo
  January 25, Mon

प्रहरी अधिकारीविरुद्ध चार महिनामै ३१२ उजुरी

काठमाडौं । प्रहरी अधिकारीविरुद्धका उजुरी बढ्दै गएका छन् । पछिल्लो चार महिनामा मात्र प्रहरीविरुद्ध तीन सय १२ वटा उजुरी प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन एकाइमा परेका छन् । तीमध्ये ४६ वटा उजुरीमा कारबाही भइसकेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गत आर्थिक वर्ष ०७६–७७ मा चार सय ७४ उजुरी परेकामा एक सय २६ जनामाथि कारबाही भएको थियो । यस्तै, आव ०७५–७६ मा पाँच सय ६६ वटा उजुरी परेका थिए । तीमध्ये ९२ जनाउपर कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुई एसपीविरुद्ध कारबाही सिफारिस
ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई उपरीक्षक (एसपी)माथि कारबाही अगाडि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका हुन् । मातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रकम उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय, सुर्खेतमा थिए । उनीभन्दा अगाडि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार उनीहरूलाई मासिक रकम बुझाउने प्रहरीहरूले नै त्यसको पुष्टि गरिदिएका छन् ।

दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानुन शाखामा प्रतिवेदन बुझाएको छ । ‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकृत भने, ‘प्रहरीलाई धक्काएर पैसा बुझाउन लगाउने गरेको पुष्टि भएको छ ।’

सडकका पोस्टहरूमा समेत मासिक पैसा बुझाउने सर्तमा उनीहरूले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ । कारबाही सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’भएका अधिकृत हुन् । एसपी यादवमाथि पटक–पटक विभागीय कारबाही भएको छ । दुई वर्षअघि सिन्धुली प्रहरी प्रमुख छँदा पनि उनी घुसकाण्डमा परेका थिए ।

राजमार्गमा पैसा उठाउन झोला नै दिएर प्रहरी खटाउने गरेको पुष्टि भए पनि त्यतिवेला सामान्य कारबाही गरेर उनलाई उन्मुक्ति दिइएको थियो । इन्स्पेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएको पुष्टि भएपछि उनी निलम्बनमा परेका थिए । तर, त्यतिवेला पनि सामान्य कारबाही गरेर जागिरमा फर्काइएको थियो ।

एसपी बस्नेत पनि विगतमा पटक–पटक छानबिनमा परेका थिए । यसअघि गोरखामा छँदा केही महिनामै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत हरेक पोस्टिङमा विवादमा पर्दै आएका छन् ।

प्रहरी पेट्रोल पम्पको ०७१ देखिको हिसाब खोजिँदै
प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित प्रहरी पेट्रोल पम्पमा ०७१ देखिको हिसाब खोजी गरिँदै छ । पम्पमा हिनामिना भएको संकेत पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले आन्तरिक छानबिन गरिरहेका छन् ।

अनियमितताका योजनाकार असइ दिलीप कार्कीलाई प्रहरीले गत ३० साउनमा पक्राउ गरी अख्तियारमा बुझाएको थियो । हाल उनलाई धरौटीमा छाडेर पछिल्लो पाँच वर्षको विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रहरीले एसपी सुदर्शन कोइरालाको नेतृत्वमा छानबिन समिति बनाएर हिसाब रुजु गरिरहेको छ । प्रारम्भिक छानबिनमा असइ कार्कीले एक करोड आठ लाख ९९ हजार रुपैयाँ हिनामिना गरेको खुलेको थियो । विस्तृत छानबिनमा थप अनियमितता भेटिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी पेट्रोल पम्पमा कारोबार गर्ने ठूला कम्पनीहरूले भुक्तानी दिएको रकम आफै प्रयोग गरेर कार्कीले हिनामिना गरेका हुन् । त्यो रकम उनले आफ्नो घर बनाउनसमेत खर्च गरेको खुलेको छ । असोज ०७५ देखि असोज ०७६ सम्ममा कार्कीले एक करोड आठ लाख ९९ हजार रुपैयाँ हिनामिना गरेका हुन् ।

मंसिर १४ गते, २०७७ - ०८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...   

दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...   

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...   

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...   

मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो

काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...   

माघ १४ बाट कोरोना खोप लगाइने

काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...   

प्रधानमन्त्रीलाई गालीको वर्षा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...   

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...   

ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब

प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...   

कांग्रेसमा जुटेन सहमति

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top