


कोरोना जितेपछि काममै दतचित


-
-
मंसिर १४ गते, २०७७ - ०७:५२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ – तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्स, स्वास्थ्यकर्मी छन् ।
कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उनी यतिखेर मन्त्रालयको नियमित काममा फर्किसकेका छन् । दशैंको मुखमा कोरोना सङ्क्रमित भएपछि उनलाई दशैँको रौनक भएन । केही खाएको स्वाद तथा गन्ध समेत थाहा हुँदैनथ्यो ।
सहप्रवक्ता डा. अधिकारीले दशँैमा आफैले टीका लगाएका थिए । आमा बुबाले मुछेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनुपरेको खल्लो अनुभव छ डा. अधिकारीसँग । कोरोना सङ्क्रमित भएको १४ दिनपछि उनी पुनः कोरोना परीक्षण नगरी काममा गए । उनलाई कतिपयले कोरोना नेगेटिभ नआई किन कार्यालय आएको भन्ने प्रश्न समेत गरे ।
समाजमा कतिपयले कोरोना सङ्क्रमित भइसकेपछि उनीहरूले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उनको गुनासो छ । नियमित कामको क्रममा कोरोना सङ्क्रमित हुनु स्वाभाविक हो, भन्दै डा. अधिकारीले थपे, ‘तर समाज र साथीभाइ समेत कोरोना सङ्क्रमण भएको थाहा पाएपछिको व्यवहार फरक पाइयो ।’
नौ दिनपछि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने थाहा छ, लक्षण छैन भने काममा निस्कन र पुनः परीक्षण गर्न समेत पर्दैन भन्दै डा. अधिकारीले स्पष्ट पारे, ‘अहिले धेरै व्यक्ति कोरोना नेगेटिभ नआएको भन्दै घरमै बसिरहेका छन् ।’ कतिपय कार्यालयमा काम गर्न नेगेटिभ रिपोर्ट आउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै अधिकारीले लक्षण केही छैन भने १४ दिनपछि नियमित काममा जान सबै सङ्क्रमितलाई सुझाव दिए ।
स्वास्थ्य मातहतमा भने १४ दिनपछि सङ्क्रमित स्वास्थ्यकर्मी नियमित कार्यालय जान थालेको जानकारी दिँदै उनले स्वास्थ्य सेवा बाहेकका कर्मचारी ४५–५० दिनसम्म कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै घर बसिरहेको बताए । उनले कोरोना रिपोर्ट नेगेटिभ आउनु भनेको सर्प मरिसक्यो तर त्यो सर्पको काँचुली देखेपछि यही सर्प हो, यसले टोक्न सक्छ भनेर आत्तिएको जस्तो भएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ईपीजी प्रतिवेदन बुझ्न तयार होला भारत ?
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध...अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने
काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई...प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री...परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो...कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा...भारतबाट थप १५ मेगावाट विजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको...ओलीको बोली र व्यवहार फरक–फरक
काठमाडौं । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद्...मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान
काठमाडौं । हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले...आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन...यसरी गरिँदैछ प्रचण्ड–माधव एकता
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले...

प्रतिकृया लेख्नुहोस्:
- चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द
- मोटरसाइकल प्रयोग गरी सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
- पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
- मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ