Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेकपा विवाद सकारात्मक शक्तिमा बदलिन्छ : मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन् । मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसङ्घर्ष र बहस हुनुलाई अस्वाभाविकरूपमा लिन नहुने बताए । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे ।

उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे । “हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ”, उनले भने । काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत्गृहको निरीक्षण गर्न मन्त्री पुन आज त्यहाँ पुगेका थिए । निरीक्षणका क्रममा जिल्लास्थित नेकपा नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने प्रयास हुनुपर्ने बताए ।

उनले नेताबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बहसमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे । मन्त्री पुनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपङ्क्तिलाई आग्रह गरे । यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नुपर्ने उनले भनाइ थियो ।

काम नगर्ने ठेकेदार, गाली खाने नेता ?

फरक प्रसङ्गमा मन्त्री पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको उल्लेख गरे । उनले आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नाका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने जनाउँदै मन्त्री पुनले विकास निर्माणको काम गर्न कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गरे ।

“प्रधानमन्त्री र मन्त्रीको काम नीति बनाउने, कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गरिदिने हो । विकास निर्माणको काम कर्मचारीमार्फत निर्माण व्यवसायीले गर्ने हो”, उनले भने । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम गरेको भए पनि ठेकेदारले काम नगरेका कारण गालीचाहिँ प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था आएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies