Khabar Dabali Logo
  January 17, Sun

जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्मित

खोटाङ । जिल्ला जनस्वास्थ्य कार्यालयको नयाँ भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको रु दुई करोड ३६ लाख ६९ हजार ९२२ लागतमा बनेको तीनतले भवन शुक्रबार निर्माण कम्पनीले जनस्वास्थ्य कार्यालयलाई बुझाएको छ ।

खानी निर्माण सेवा कम्पनीले चार वर्ष लगाएर निर्माण गरेको भवनमा २८ वटा कोठा छन् । भवनभित्रै चिसो र तातोपानीको व्यवस्था रहने गरी भौतिक संरचना निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि दिनेश पौडेलले जानकारी दिए ।

भवनको पहिलो तलामा प्रयोगशाला तथा आकस्मिक कक्षसहितको सेवा उपलब्ध गराउने गरी तयारी गरिएको अस्पताल विकास तथा सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । दोस्रो तलामा कार्यालय रहने र तेस्रो तलामा कर्मचारी आवास रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

विसं २०७३ वैशाख ३० गते सम्झौता गरेर २०७७ असोज ३० गते भवन निर्माण सम्पन्न गरिए पनि कोभिड–१९का कारण भवन हस्तान्तरणमा केही ढिलाइ भएको थियो । नयाँ भवनबाट कार्यालयका सम्पूर्ण उपकरण व्यवस्थापन गरी चाँडै सेवासुविधा उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख छविलाल आचार्यले जानकारी दिए ।

विसं २०४८ मा स्थापित जिल्ला अस्पतालमा भौतिक संरचना नहुँदा कार्यसम्पादनमा समस्या हुँदै आएको थियो । स्थापनाकालदेखि हालसम्म १५ शय्या सञ्चालन हुँदै आएको जिल्लाको एक मात्र सरकारी अस्पताललाई यस वर्ष ५० शय्यामा स्तरोन्नति गर्ने तयारी गरिएको जनाइएको छ ।

मंसिर १३ गते, २०७७ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...   

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार...   

चिसोले जनजीवन झन्झन् कष्टकर बन्दै

महात्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको...   

पोल गाडेको दुई वर्ष बितिसक्दा पनि पुगेन बिजुली

कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग...   

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष

चितवन । भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न...   

पाल्पाका किसानलाई बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन...   

वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा...   

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर...   

केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण

काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top