Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महामारीका कारण नागरिक विदेशमा अलपत्र परेको समाचार सत्य होइन : अष्ट्रेलिया

क्यानबेरा । कोभिड–१९ सङ्क्रमणको महामारीका कारण हजारौँ नागरिक विदेशमा अलपत्र परेको भन्ने खबर गलत भएको अष्ट्रेलियाको सरकारले दावी गरेको छ ।

छत्तीस हजारभन्दा बढी अष्ट्रेलियाली नागरिक कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र पर्दासमेत उनीहरूलाई सरकारले स्वदेश नल्याएको भन्ने समाचारहरूमा कुनै सत्यता नरहेको गृहमन्त्री पिटर डुटोनले बताएका छन् ।

अष्ट्रेलियाको विदेशमामिला तथा व्यापार मन्त्रालयले बिहीबार संसद (सिनेट) मा भएको सुनुवाईमा महामारीका कारण घर फर्कन निवेदन दिएका विदेशमा रहेका अष्ट्रेलियाली नागरिकको सङ्ख्या २६ हजार ७०० बाट करिब १० हजार वृद्धि भई ३६ हजार ८७५ पुगेको तथ्याङ्क उपलब्ध गराएको थियो ।

विदेश मन्त्रालयका अनुसार स्वदेश फिर्ता हुन निवेदन दिएका नागरिकमध्ये आठ हजारभन्दा बढीको अवस्था विविध कारण जोखिममा रहेको उल्लेख गरिएको थियो ।

संघीय सरकारले नागरिकलाई स्वदेश फर्काउन असफल भएको भन्ने समाचारको खण्डन गर्दै शुक्रबार विदेशमन्त्रालयद्वारा सार्वजनिक उक्त तथ्याङ्कबारे जवाफ दिएका हो ।

सरकारले विदेशबाट आउन चाहने नागरिकलाई ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको तर उनीहरू अलपत्र नपरेको दावी गरेको हो ।

“पक्कै पनि विदेशबाट उडानहरू भर्न सहज अवस्था छैन । होटेल क्वारेन्टिनमा बस्नेगरी नागरिकलाई फिर्ता ल्याउन सहज छैन । तर अष्ट्रेलियाली जनता स्वदेश फर्किनका लागि विश्वका विभिन्न ठाउँमा लगाइएका प्रतिबन्धले समस्या भएको छ । सरकारले उनीहरूलाई फर्काउने प्रयास जारी राखेको छ ।”

“हामीले यस वर्षको क्रिसमससम्म जति अष्ट्रेलियाली नागरिकलाई ल्याउन सकिन्छ त्यतिलाई ल्याउनका लागि दिनरात गृहकार्य गरिरहेका छौँ,” उनले भने ।

विदेशमा रहेका अष्ट्रेलियाली नागरिकले महामारीका समयमा आफूहरू स्वदेश फर्कन खोज्दा पनि सरकारले आफूहरूलाई ‘धोखा दिएको तथा अलपत्र पारेको महशुस गरेको’ भन्ने समाचारपछि संसदमा सरकारका तर्फबाट गृहमन्त्री डुटोनले जवाफ दिएका हुन् ।

अष्ट्रेलियाली नागरिक डेभ जेफियर्सले आफ्नो परिवार फेब्रुअरीमा आमालाई रेखदेख गर्न क्यानाडा गएको तर मार्चको अन्त्यका लागि लिइएको जहाजको टिकट रद्द भएपछि उतै अलपत्र परेको सामाजिक सञ्जालमार्फत् सार्वजनिक समाचारलाई स्थानीय सञ्चारमाध्यमसमेतले स्थान दिई सम्प्रेषण गरेपछि अष्ट्रेलियाली सिनेटमा यस समस्याबारे सरकारको धारणा मागिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies