


तामाकोशीका विद्यालय सोमबारदेखि नियमित सञ्चालन हुने


-
-
मंसिर १२ गते, २०७७ - १८:५०

चरीकोट । दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित सबै सामुदायिक विद्यालय आगामि सोमबारदेखि नियमित सञ्चालन हुने भएका छन् । गाउँ शिक्षा समितिको निर्णयअनुसार गाउँपालिकाले यही मङ्सिर १५ गतेभित्र विद्यालय सञ्चालन गर्ने भएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण शुरुआत नै हुन नसकेको शैक्षिकसत्र खेर जान नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा आधारभूत तहका विद्यालय नियमित रुपमा सञ्चालन गर्ने तथा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएका विद्यालयलाई भने आफ्नो विद्यार्थी सङ्ख्याको चापलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी एउटा कक्षामा २५ जनासम्म विद्यार्थी राखी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापसँग छुट्टाछुट्टै छलफल गरी उपयुक्त राय र सुझावका आधारमा विद्यालय सञ्चालन गर्न लागेको शिक्षा शाखा प्रमुख मेनुका बाँस्कोटाले जानकारी दिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन विद्यालयलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायत सामग्री गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
केयुको उपकुलपति बन्न ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय ९केयु०मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ लाख ७९ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी...सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले...इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प : ८०० भन्दा बढी घाइते, १५ हजार विस्थापित
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका...हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास...जर्मनी कम्पनीद्वारा ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान
काठमाडौँ । ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने...रत्ननगरमा जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन
चितवन । पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार...महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
संयुक्त राष्ट्रसंघ । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको...भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री...देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको...
