


संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा


-
-
मंसिर १२ गते, २०७७ - १३:४१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे।
संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए। अर्को फरक प्रसङ्गमा उनले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याए।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर सङ्घीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गरे। उनले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे ।
संसद् अधिवेशन छिट्टै आह्वान हुने
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका लागि पूर्वतयारी गर्न आग्रह गरिन्। संविधानले व्यवस्था गरेको लैङ्गिक समानताको प्रावधान व्यावहारिक कार्यान्वयन भएका बारेमा छलफल हुनुपर्ने बताउँदै उनले कानून निर्माणमा सभामुख र उपभासभामुखको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।
राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधानअनुसार हालसम्म कति कानून निर्माण भए भन्नेबारेमा समीक्षा गर्नुपर्ने बताउँदै भ्रष्टाचार निवारणका लागि संसद् र प्रदेशसभाले पनि आआफ्ना स्थानबाट पहल गर्न जरुरी रहेको धारणा व्यक्त गरे। सचिवालयका महासचिव डा भरतराज गौतमले सङ्घीय संसद् र प्रदेशसभाबीच हुने अनुभव आदानप्रदानले संसद् सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए।
कार्यक्रममा सङ्घीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र उपसभामुख पुष्पा घर्ती, सूदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी तथा सङ्घीय संसद् सचिवालयका उच्च अधिकारी सहभागी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सर्वोच्चको...अब हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने
हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट...बजारमा सुनको मुल्य घट्यो, आज तोलाको कति छ ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको...

प्रतिकृया लेख्नुहोस्:
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
- तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
- संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
- ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
- शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
- प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
- प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
- प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरु
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत