Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

घरायसी कामको जिम्मा महिलाको मात्र हो र ?

कैलाली । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन् उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन ।

उनका आफ्ना सपना त परै जाओस्, घरको काममा कहिलेकाहीँ परिवारले सघाइदिए हुन्थ्यो भन्ने आशासमेत पूरा हुन सकेको छैन । “बिहान ४ बजेदेखि घरको काम थाल्छु, रातिको १० बजेमात्र सकिन्छ”, रुपाले भनिन्, “तर श्रीमान् र ससुराले कुरा गर्दा काम छैन, घरमै बस्छिन्, खान्छिन् भन्छन्, यस्तोबेला निकै पीडा हुन्छ ।”

रुपाले गाईभैँसी पालेकि छिन्। उनले दूध बेचेको आम्दानी पनि श्रीमान्ले राख्छन् । “मैले दिनभरि काम गरे पनि आवश्यक खर्च मसँग हुँदैन”, उनले भनिन्, “मेरो कमाइमा पनि मेरो अधिकार छैन । म घरको काम गर्ने, बच्चा जन्माउने व्यक्तिजस्तै भएकी छु । पकाएर सबैको स्वाद पूरा गर्छु तर आफ्ना सपना सबै मारेकी छु ।”

रुपाजस्तै, धनरुपा जैसीको घरमा पनि यस्तै छ । छोरा मानिसले काम गर्न हुँदैन भन्ने गलत अभ्यास उहाँको घरमा पनि छ । धनरुपाका घरमा श्रीमान्सहित चार जना छोरा छन् तर उनीहरु आफ्ना लुगासमेत धुदैनन् । “घरमा काम केही गर्दैनन्, पुरुषको काम पैसा कमाउने हो घरको काम गर्ने होइन भन्छन्”, धनरुपाले भनिन्, “पानी पनि मुखनिरै लगेर दिनुपर्छ । यसरी सेवा गर्न कहाँ सकिन्छ रु तर बाध्यता छ । घरबार बिगार्नु छैन । सहेर बसेकी छु ।”

महिला र पुरुष एक रथका दुई पाङ्ग्राजस्तै हुन् । दुवै मिलेर काम गरे मात्र सफल जीवन जीउन सकिन्छ । दम्पतीबीच हरेक कार्यमा सहकार्य हुनुपर्ने हो । यसो नहुँदा घर संसार चलाउन समस्या सिर्जना हुने गरेको अधिकारकर्मी महिला बताउँछन् । “घर चलाउन दुवैको समान महत्व हुन्छ, तर हाम्रो समाजमा यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको गलत सिमाना थोपरिएको छ”, अधिकारकर्मी नयनतारा श्रेष्ठले भनिन्, “ यसले महिलामाथि हिंसा बढाएको छ । महिलाको प्रगतिमा बाधा पुगेको छ । त्यसैले त सबै विभेद अन्त्यको शुरुआत घरबाटै गरौँ भनिएको हो ।”

युगले कैयौं कोल्टे फेरिसक्दा पनि किन महिलाहरूको भागमा भातभान्सा र चुलोचौका नै परिरहेको छ  ? गृहिणी महिलाको त कुरै छोडौं, किन पुरुषसरह घरबाहिरको काममा खटिने र समानस्तरमा काम गर्ने ‘जागिरे’ महिलाहरू पनि घरभित्रको कामको भारी आफ्नो मात्रै थाप्लोमा बोक्न विवश छन् ? “नेपाली समाजमा प्रायः घरभित्रको काम महिलाहरूकै जिम्मा हो भन्ने सोचाइ छ र पुरुषहरूले खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने गरे इज्जत जान्छ भन्ने मानसिकता छ । तर यो मानसिकतालाई भत्काउने हिम्मत गर्नु त परकै कुरा भयो, झनै यसलाई जोगाउने र उकेरा दिने काम महिलाबाटै भइरहेको हुन्छ”, अधिकारकर्मी श्रेष्ठले भनिन्, “ हामीले घरबाहिर निस्केर पुरुषसरह पढ्ने, जागिर खाने हिम्मत त ग¥यौं तर घरभित्रका कामको बाँडफाँट गर्ने हिम्मत अझै गर्न सकेका छैनौं । घरका पुरुष सदस्यलाई हामी भान्साको काम गर्न दिन चाहँदैनौं । कसैले आफूखुसी भान्साको काम गर्न खोज्यो भने पनि भन्छौं, त्यहाँ फोहोर भयो, त्यहाँ पानी पोखियो, त्यो यस्तो भयो, त्यो उस्तो भयो, भैगो म आफैं गर्छु।।। ।”

गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा बढी बोझ हुने गरेको शिक्षिका ललिता शाहीले बताइन्। “आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि घरको काम, भान्साको काम, सरसफाइ, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खट्निुपर्छ”, उनले भनिन्, “घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ । महिला खुशी भएमात्र घरमा शान्ति हुन्छ ।”

समाज विस्तारै परिवर्तन हुँदैछ । विगतलाई हेर्ने हो भने अहिलेको पुस्ता पहिलेभन्दा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेभन्दा घरका अन्य कामकाजमा सहयोग गर्ने पुरुष पनि बढेका छन् । दूरसञ्चार कार्यालय टीकापुरमा कार्यरत ढुण्डीराज खरेलले स्वास्थ्यकर्मी रहेकी श्रीमतीसँगै काममा साझेदारी गर्नुहुन्छ । खरेलकी श्रीमती तारा खरेल स्वास्थ्यकर्मी हुनुहुन्छ । टीकापुर अस्पतालमा कार्यरत श्रीमतीको घरमा आफ्नै निजी क्लिनिक पनि छ । “म निकै व्यस्त हुन्छु । अस्पतालमा शल्यक्रिया कक्षमा ड्युटी हुन्छ । निकै थाकेर आउँछु घर आउँदा श्रीमान्ले खाना पकाइसक्नु भएको हुन्छ”, ताराले भनिन्, “उनले भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काममा सघाउने मात्र होइन लुगा धुने, घर सफा गर्ने सबै काम गर्छिन् । हाम्रो घरमा कुनै विभेद छैन ।”

दुबै जना मिलेर काम गरेका कारण आर्थिक र सामाजिकरुपमा सफल भएको ढुण्डीराजको भनाइ छ । “हामीले मिलेर घरको काममा सहकार्य गरेका कारण सफल भएका हौँ । दुई छोरा डाक्टर पढाउन सक्यौँ, बुहारी पनि डाक्टर छिन्”, उनले भनिन्, “आफैँले काम गर्दा आर्थिक बचत हुनुका साथै स्वास्थ्य राम्रो भयो । श्रीमतीलाई सघाउन के को लाज ?म त गौरव गर्छु ।”

दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास नभएकै कारण घरमा हुने हिंसा घटेको छैन । मिलेर घर चलाउँदा सहज हुन्छ भन्ने बुझाइको विकास हुन आवश्यक रहेको महिला अधिकारकर्मी कमला केसीको भनाइ छ । “कतिपय पुरुषलाई घरायसी काम वा बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले कुरा काट्छन् भन्ने पिर लाग्छ तर घरमा नसघाएकै कारण खुशी हराइरहेको पत्तै हुँदैन”, उनले भने, “घरमा काम बाँडफाँट गर्ने परिवारबाट अरुले पनि सिक्नुपर्छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies