Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

मोदीको सन्देश : चरणबद्ध छलफलबाट सीमा समस्या समाधान गरौँ

ओलीको सन्देश : ऐतिहासिक सन्धि र प्रमाणका आधारमा सीमा समस्या टुंग्याऊँ

काठमाडौं। नेपालले इतिहासको विरासतका रूपमा सीमा समस्या आएको भन्दै सन्धि तथा प्रमाणका आधारमा समाधान गर्न नेपाल तयार रहेको सन्देश भारतलाई सुनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलामार्फत बिहीबार प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो सन्देश सुनाएका हुन् । प्रधानमन्त्री ओलीले सीमा विवाद अहिले उब्जेको नभएर इतिहासले विरासतका रूपमा ल्याइपुर्‍याएको भन्दै समाधानमा जोड दिएका छन् ।

नेपालले नयाँ नक्सा जारी गरेपछि सीमा समस्यालाई लिएर भारत असन्तुष्ट छ । तर, शृंगलाको भ्रमणसँगै १५ महिनादेखि बन्दप्रायः रहेको औपचारिक कूटनीतिक संवाद भने सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेक नीतिको महत्वपूर्ण साझेदार नेपाल भएको तथा साझा सभ्यतामा उभिएका नेपाल र भारतबीचका समस्या चरणबद्ध छलफलमार्फत समाधान गर्न तयार रहेको सन्देश पठाएका छन् । शृंगलामार्फत आएको सन्देशमा मोदीले नेपालसँगको सम्बन्धलाई भारतले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको र नेपालसँग मजबुत सम्बन्ध बनाउन चाहेको उल्लेख गरेका छन् ।

विदेशसचिव शृंगलाले मोदीको सन्देश भन्दै यही विषय राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवालीदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सुनाएका छन् । सबैसँग शिष्टाचार वार्ताका क्रममा शृंगलाले नेपाली बोलेका थिए । वार्ताहरूमा शृंगलाको भनाइ थियो, ‘प्रधानमन्त्री मोदी नेपालसँग सम्बन्ध मजबुत बनाउन चाहनुहुन्छ । उहाँको सन्देश लिएर म मित्रताको हात बढाउन आएको छु ।’ अन्य शिष्टाचार वार्तासँगै कांग्रेस सभापति देउवासँग पनि उनले यही सन्देश सुनाएका छन् ।

बिहीबार विशेष विमानबाट काठमाडौं आइपुगेका विदेशसचिव शृंगलाले नेपाली समकक्षी भरतराज पौड्यालसँग बिहीबार नै प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गरेपछि राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेतासँग शिष्टाचार वार्ता गरेका थिए । ती वार्तामा सीमा समस्या वार्ताबाट समाधान गर्नुपर्ने धारणा नेपालका तर्फबाट राखिएको थियो ।

यस्तो रह्यो औपचारिक वार्ता

परराष्ट्रसचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी हर्षबर्धन शृंगलाबीचको द्विपक्षीय वार्तामा सीमालगायत द्विपक्षीय साझा विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उहाँहरूले व्यापार, पारवहन, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनस्तरको सम्बन्धका विषयमा द्विपक्षीय सम्बन्धका अनेकौँ पक्षमा पुनरावलोकन गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बिहीबार राति जारी विज्ञप्तिमा छ ।

भूकम्पपछि पुनर्निर्माण परियोजना, कनेक्टिभिटीसहितका परियोजनामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । ‘उहाँहरूले सीमासम्बन्धी विषयमा पनि छलफल गर्नुभएको छ र बाँकी स्थानमा सीमांकन कार्य सम्पन्न गर्ने विषयमा विचार आदानप्रदान गर्नु भएको छ,’ विज्ञप्तिमा छ ।

कोभिड– १९ को महामारीसँग जुध्न भारतले नेपाललाई गरेको सहयोगप्रति नेपालले धन्यवाद दिएको छ । भारतले खोप बजारमा उपलब्ध हुने अवस्थामा नेपाललाई समेत सहज रूपमा उपलब्ध गराउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार रेम्डेसिभर हस्तान्तरणपछि भारतीय परराष्ट्रसचिव शृंगलाले यो जानकारी दिएका थिए । परराष्ट्रसचिव पौड्यालले समकक्षी र उनका प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार दिवाभोज आयोजना गरेका छन् ।

औपचारिक वार्तापछि भारतीय विदेशसचिव शृंगलाले दुई देशबीचका सबै विषयमा अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक छलफल भएको बताएका छन् । दुई दिने औपचारिक भ्रमण सकेर शृंगला शुक्रबार दिल्ली फर्किदै छन् । त्यसअघि उनले नेपाल–भारत सम्बन्धका जानकारहरूलाई सम्बोधन गर्नेछन् भने गोरखामा तीनवटा विद्यालय र मनाङमा एउटा गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालको सन्देश– सीमा समस्या समाधान गरौँ

‘ऐतिहासिक सन्धि, प्रमाण, तथ्यका आधारमा सीमा समस्या समाधान गरौँ, त्यसो भयो भने दुई देशबीच विश्वासको वातावरण अझ बढ्छ भन्नेबारेमा हामीले खुलस्त रूपमा धारणा राखेका छौँ,’ विदेशसचिव शृंगलासाँगको शिष्टाचार वार्तापछि परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

शृंगलामार्फत नेपालले भारतसँग बलियो साझेदारी गर्न चाहेको पनि सन्देश पठाएको छ । नेपालले इपिजीले तयार गरेको प्रतिवेदन बुझ्नुपर्ने, औपचारिक संयन्त्रमार्फत सीमा विवादलगायत द्विपक्षीय मुद्दा समाधान गर्नुपर्नेमा जोड दिएको छ । ‘सीमासम्बन्धी विषय, इपिजीले तयार गरेको प्रतिवेदनलाई यथास्थितिमा छाड्दा दुई पक्षीय सम्बन्ध सञ्चालनमा बाधा खडा हुन्छ, यो विषय पनि हामीले स्पष्ट रूपमा उठाएका छौँ,’ मन्त्री ज्ञवालीले भने ।

सबै वार्तामा विदेशसचिव शृंगलाले भारतले चरणबद्ध रूपमा छलफलमार्फत नेपालसँग सबै समस्या समाधान गर्न चाहेको उल्लेख गरेका थिए । नेपालले समानता, आपसी लाभ, अहस्तक्षेप तथा बलियो आर्थिक साझेदारीका आधारमा सम्बन्ध अघि बढाउन चाहेको पनि शृंगलालाई सुनाएको छ ।

मन्त्री ज्ञवालीले भने, ‘अब संयुक्त आयोगको बैठक बस्ने विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।’ संयुक्त आयोगको बैठकपछि उच्चस्तरीय भ्रमण पनि हुन सक्ने ज्ञवालीको भनाइ थियो । ‘यी सबै विषयमा दुवै देशका परराष्ट्र मन्त्रालयहरूबीच समन्वय भइरहेको छ,’ ज्ञवालीले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies