


नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार


-
-
मंसिर ११ गते, २०७७ - १८:३६

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ ।
कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए । यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम...गण्डकीमा १७ हजार ३९६ जनालाई कोरोना खोप आइपुग्यो
कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
काभ्रे । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको...राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा...

प्रतिकृया लेख्नुहोस्:
- भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
- सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
- अस्पताल बनाउन स्थानीयवासीद्वारा करिब ८ रोपनी जग्गा निःशुल्क नामसारी
- आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै, आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने
- पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा