Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

काठमाडौँ । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।

परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए । आव २०७५/७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।

यस्तै आव २०७४/७५ मा १० लाख पाँच हजार ८३० महिला र तीन लाख २५ हजार २६६ पुरुष, आव २०७३/७४ मा १० लाख ४० हजार ७८ महिला र तीन लाख ४५ हजार ६३४ पुरुष तथा आव २०७२/७३ मा नौ लाख ९२ हजार ९८४ महिला र तीन लाख २२ हजार ७९२ पुरुष स्थायी बन्ध्याकरणमा सहभागी छन् । त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ । एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ । पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन् ।

परिवारकल्याण महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक कविता अर्यालले परिवार नियोजनको साधन पुरुषका तुलनामा महिलाको बढी भएकाले स्वाभाविकरूपमा महिलाको सहभागिता बढी हुने बताउनुभयो । उहाँ महिलाले परिवार नियोजन गर्दा पुरुषका तुलनामा जोखिम रहेको बताउनुहुन्छ । “एक त महिलाले बच्चा जन्माउने गर्दछन् । अर्कातिर स्थायी र अस्थायी साधन पनि महिलाले बढी प्रयोग गर्दछन्”, उहाँले भन्नुभयो, “त्यही परिवार नियोजनको साधन पुरुषले गर्दा हुन्छ तर पितृसत्तात्मक कारणले महिलाले बढी गरेको पाइन्छ ।” उहाँ नीति नै ल्याएर पुरुषलाई परिवार नियोजनमा सहभागिता गराउनुपर्ने बताउनुहुन्छ ।

पुरुषले यौनशक्तिमा कमी आउनेजस्ता भ्रमले गर्दा स्थायी बन्ध्याकरण कम हुने गरेको उहाँ बताउनुहुन्छ । “भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन्”, उहाँले भन्नुभयो, “तर त्यस्तो केही हुँदैन । भ्रमले गर्दा पुरुष स्थायी बन्ध्याकरणमा सहभागी भएका छैनन् ।”

महाशाखा तथ्याङ्क अधिकृत बिजुक्छेका अनुसार आव २०७६/७७ मा अस्थायी साधन डिपोप्रोगेरा प्रयोग गर्ने २० वर्षभन्दा मुनिका महिला २१ हजार ३१३ र २० वर्षभन्दा माथिका दुई लाख ५० हजार २४६ जना तथा कपर टी प्रयोग गर्ने २० वर्षभन्दा मुनिका ६६७ र २० वर्षभन्दा माथिका १३ हजार ८४३ जना छन् । यस्तै इम्प्लाण्ट गर्ने २० वर्षमुनिका तीन हजार ८६९ र २० वर्षभन्दा माथिका ८३ हजार ७४२ तथा पिल्स प्रयोग गर्ने २० वर्षमुनिका ११ हजार ३९२ र २० वर्षभन्दा माथिका एक लाख ३४ हजार ८७७ जना छन् ।

यस्तै पुरुषका लागि अस्थायी साधन कण्डम आव २०७६/७७ मा दुई करोड ४३ लाख ७७ हजार ९७९ वितरण गरिएको छ । एक जनाले १५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । महाशाखाको तथ्याङ्कअनुसार एक लाख ६२ हजार ५२० जना गत आवमा गर्भनिरोधक रहेको मानिएको छ । आव २०७५/७६ मा दुई करोड ८१ लाख ८१ हजार ७०७, आव २०७४/७५ मा दुई करोड ९२ लाख ३३ हजार २१, आव २०७३/७४ मा तीन करोड ३१ लाख ९६ हजार ६१८ र आव २०७२/७३ मा तीन करोड ३० लाख २८ हजार ७० वटा कण्डम वितरण गरिएको छ ।

जनस्वास्थ्यविद् तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा खेमबहादुर कार्कीले हाम्रो मुलुकमा पितृसत्तात्मक समाजको असर परिवार नियोजनमा पनि देखिएको बताउनुभयो । “परिवार नियोजनका स्थायी र अस्थायी साधन पुरुषको महिलाको भन्दा सस्तो र सजिलो छ”, उहाँले भन्नुभयो, “तर पुरुषप्रधान समाज भएकाले पुरुष आफँैले परिवार नियोजन नगरेर महिलालाई बाध्य बनाउने गर्छ ।” स्थायी बन्ध्याकरणको कुरा आर्थिक सशक्तीकरणसँग पनि जोडिएकाले महिलाले परिवार नियोजनको साधन बढी प्रयाग गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

“श्रीमतीले पनि श्रीमान्ले बन्ध्याकरण गर्दा कमजोर हुन्छन्, आर्थिक उपार्जन गर्न सक्दैनन् जस्ता कारण देखाएर आफूले नै स्थायी बन्ध्याकरण गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “अब महिला पनि आर्थिक सशक्तीकरणमा बढ्दै गएकाले परिवर्तन आउने छ ।” उहाँले महिला पुरुषको दुवैको आर्थिकोपार्जनमा उत्तिकै सहभागिता देखिन थालेकाले महिलाले मात्र नभई पुरुष पनि परिवार नियोजन गर्नका लागि सचेत हुनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्यविद् डा लक्ष्मी तामाङ स्थायी बन्ध्याकरण गर्दा नपुसङ्क हुने र कण्डम प्रयोग गर्दा सन्तुष्टि हुँदैन भन्ने भ्रमका कारण पुरुषको परिवार नियोजनमा सहभागिता कम भएको बताउछिन् । “पुरुषमा परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग गर्दा नकारात्मक कुरा बढी फैलाइएको छ । भ्याक्सेटोमी सरल छ, यसबाट कुनै नकारात्मक असर पर्दैन । कण्डम प्रयोग गर्दा पनि कतै कुनै साइड इफेक्ट गर्दैन”, उनले भनिन्, “तर अज्ञान र भ्रमका कारण पुरुषले आफू परिवार नियोजन स्थायी वा अस्थायी साधन प्रयोग नगरी महिलालाई गर्न लगाउँछन् ।”

उहाँले महिलाले स्थायी र अस्थायी साधन प्रयोग गर्दा कम्तीमा तीन महिना कुनै न कुनै रूपमा साइड इफेक्ट पर्ने गरे तापनि पुरुषले बाध्य भएर महिलालाई नै परिवार नियोजनमा सहभागिता गराउने गरेको बताउनुभयो । उनी पुरुषको परिवार नियोजनमा सहभागिता गराउनका लागि स्थानीय तहमा नै सचेतना फैलाउनुपर्नेमा जोड दिन्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies