


नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु, सबै विषयमा विचारविमर्श हुने


-
-
मंसिर ११ गते, २०७७ - १४:३५

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन्।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय ९उत्तर० विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी रहेका छन्।
त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला आजै काठमाडौँ आएको हो । उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।
आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामा भने, “विदेश सचिवका रुपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ, पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रुपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ । ”
उनले आज९बिहीबार० र भोलि९शुक्रबार० आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताए। गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए । यद्यपि उहाँले उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाउनुभएन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुमो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार...प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री...सडकका विषयमा विवाद चर्किएपछि वडाध्यक्षमाथी ढुङ्गा प्रहार
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उहाँ सख्त घाइते हुनुभएको छ...अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा...संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
काठमाडौं । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। विघटनविरूद्ध...ओलीलाई प्रचण्डले भने : तपाई जनताले बनाएको प्रधानमन्त्री हैन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका अध्यक्ष प्रचण्डले...प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
काठमाडौं । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका...मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा...प्रधानन्यायाधीशले भने- आवश्यक परे संविधान सभामा भएको छलफलको रेकर्ड मगाउँछौं
काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर...

प्रतिकृया लेख्नुहोस्:
- आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
- प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ, म कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार छु : प्रचण्ड
- अन्तराष्ट्रिय अभ्यासका आधारमा संसद विघटनको सिफारिस गरेको हुँः प्रधानमन्त्री ओली
- तत्कालीन प्रम कोइरालालाई जस्तो विघटनको अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
- संविधानविद् आचार्य र न्यायाधीशहरूबीच सवाल-जवाफ: ओलीलाई संसद् विघटनको ‘व’ उच्चारण गर्ने अधिकार छैन
- लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल
- सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
- आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड
- जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते
- प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह