


मेचीनगरमा भेटियो ‘हरित परेवा’


-
-
मंसिर ११ गते, २०७७ - १२:४७

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनकोे जिकिर छ ।
चराका बारेमा पुस्तक लेख्दै आएका डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । “मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ”, मेचीनगर–६ निवासी खरेलले भने, “फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा बराललाई पठाएँ, उहाँले यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गरे।”
चराहरुको खोजी र संरक्षणमा पाँच वर्षदेखि लागिरहेका उनले झापा, इलाम, सुनसरी, चितवनलगायत स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन्।
नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जिकिर गरे । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।
हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरका मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...

प्रतिकृया लेख्नुहोस्:
- करीव ६ बिघामा लगाइएको गाँजाखेती प्रहरीद्वारा फँडानी गरी नष्ट
- टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु
- विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थल निर्माण कार्य अन्योलमा
- नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा
- गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिइने