


महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह


-
-
मंसिर १० गते, २०७७ - १५:३९

काठमाडौँ । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको बताए । “सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिंसाको सिकार भएका छन्, त्यसका विरुद्धमा महासङ्घले सधैँ आवाज उठाउने गरेको छ”, उनले थपे, “हाम्रा लागि ३६५ दिन नै हिंसाविरुद्धको दिवस हो ।”
महिलामाथि हुने हिंसाका लागि सरकार मात्र नभई समाज र समाजका विभिन्न सामाजिक संस्थासमेत जिम्मेवार हुनुपर्नेमा उनको जोड छ । महिला हिंसा अन्त्यको लागि स्थापनाकालदेखि महासङ्घले विभिन्न दबाबमूलक काम गर्दै आएको उनले स्पष्ट पारे । सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा १६ दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । यो वर्ष कोभिड–१९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए ।
कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताए । यस दिवसका उपलक्ष्यमा महासङ्घले लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । साथै वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिंसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । आजदेखि शुरु भएको यो दिवस यही मङ्सिर २५ गते समापन हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने अभियुक्त पक्राउ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी...प्रदेश नं १ : कृषिमा उल्लेखनीय प्रगति
विराटनगर । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षका अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको...निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइने
कैलाली । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य तथा धनगढीका व्यवसायी गोपाल हमालको...चालू आर्थिक वर्षको ६ महिनामा साढे छ खर्बको आयात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि...एनआईबीएल बैंकको ३४ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न
काठमाडौँ । नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक...जुलुसमा निर्धारित नारा मात्र लगाउन नेकपाको निर्देशिका जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने...हुम्लामा २ दिनदेखि हवाई उडान अवरुद्ध
सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको...जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल...भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९...बाइडेन अमेरिकाको राष्ट्रपति भएकोमा विश्वका नेताहरुबाट बधाई
पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको...

प्रतिकृया लेख्नुहोस्:
- जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण
- भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
- २१ दिनभित्र रकम पाउने सम्झौता भएपनि अझै पाएनन् उखु किसानले बाँकी रकम
- नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास
- तनहुँ प्रशासनद्वारा ६ महिनामा एक करोड १७ लाख राजस्व सङ्कलन