Khabar Dabali Logo
  January 22, Fri

पोल पुर्याएको ४ वर्षपछि बिजुली

डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो ।

गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए । गाउँमा बिजुली बलेपछि अन्य गाउँबस्तीजस्तै यहाँका गाउँ पनि झिलिमिली भएका छन् ।

गाउँमा विद्युत् पुगेसँगै विद्यालय पढ्ने बालबालिकालाई रातिमा किताब पढ्न सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताए । “सौर्य उर्जाबाट पढ्थे, कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो । ‘झरो’ बालेर पढ्दा समयसमयमा नबल्दा समस्या हुन्थ्यो”, उनले भने, “बिजुली पुगेपछि अब समस्या टर्यो, बल्ल स्थानीय सरकारको अनुभूति भयो ।”

गाउँमा बिजुली बाल्न धेरै सङ्घर्ष गरेको अमरगढी–३ सतकाटाका भीमबहादुर पाण्डेयले बताए । बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युत्का पोल बोकेर गाउँमा पुर्याएको पाण्डेको भनाइ छ । ठेकेदार र विद्युत् कार्यालयको लापर्बाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पुर्याउन सफल भएको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।

मंसिर १० गते, २०७७ - १५:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति...   

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।...   

कृषकलाई एक लाख जडीबुटीको बिरुवा वितरण गरिने

भोजपुर । नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने...   

भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु...   

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै...   

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग...   

डेढ वर्षीय बालकको डुबेर मृत्यु

रौतहट । दुर्गाभगवती नगरपालिका १ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपुकुमार महतोको घर अगाडि...   

आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ

तनहुँ । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका ११ दरैपधेरो बस्ने...   
शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

शुक्लाफाँटाका काउलीले बजारमा मूल्य पाएन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा...   
नेपालमै चिनिँदैन अर्थोडक्स चिया

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top