


नेकपाको भविष्य कठिन मोडमा : महासचिव पौडेल


-
-
मंसिर १० गते, २०७७ - ०७:३७

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । पार्टीभित्र यसअघिको भन्दा भिन्न खालको अन्तरविरोध रहेको उनको भनाइ छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यसपटकको विवाद कल्पना गरेको भन्दा पृथक् रहेको र मर्यादाको सीमा नाघेको समेत बताए । अभिव्यक्त र लिखतमा मर्यादाका सीमा नाघेको उल्लेख गर्दै उनले पार्टीभित्रको छलफल र बहसलाई मर्यादामा फर्काउनुपर्ने बताए ।
पार्टीभित्र अहिले मर्यादामा छलफल र बहसलाई फर्काउने कोशिस भइरहेको उनको भनाइ छ । पार्टीभित्रको विवाद हल गर्न विगतमा भूमिका खेल्दै आएका पौडेलले यसपटकको अन्तरविरोध बुझ्न नसकेको बताए । ‘पार्टीभित्र त्यस्तो के सुनामी आयो, भूकम्प, ज्वालामुखी फुट्यो नेकपा आज यसरी सार्वजनिक भइरहेको छ,’ उनले भने, ‘अन्तरविरोध हल गर्न म लागिपर्नेछु ।’
विगतमा स्थायी कमिटीबाट भएका निर्णय कार्यान्वयनतर्फ ध्यान नजाँदा यो स्थिति देखापरेको धारणा राख्दै उनले लिकबाट तल झर्न खोजेकालाई लिकमा चढाएर अगाडि बढाउने प्रयास भइरहेको बताए ।
राजधानीसँग मन्त्री पद नसाटेको भनाइ
बुटवलबाट निर्वाचित पौडेलले चुनाव प्रचारका क्रममा प्रदेशको स्थायी राजधानी बुटवल बनाउने प्रतिबद्धता जनाएका थिए । तर, प्रदेश राजधानी तोक्ने समयमा मौन बसेको र राजधानीसँग अर्थमन्त्री पद साटेको आरोप लागिरहेको वेला उनले सो आरोपको खण्डन गरे ।
चुनावको समयमा राजधानीका बारेमा अभिव्यक्ति दिएको भन्दै उनले सो विषय प्रदेश सभाले टुंग्याउने विषय भएको र प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले यो साट्ने विषय हुन नसक्ने बताए । उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीको विकासमा लागिपर्ने समेत बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...खोपको सहज पहुँच कहिले ?
चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को...प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु
काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड...कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित...सप्तरीमा ट्र्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको...

प्रतिकृया लेख्नुहोस्:
- आफ्नै आमाको हत्या गरेको अभियोगमा ३३ वर्षीय प्रेम पक्राउ
- कोभिड–१९ विरुद्धको खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
- दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
- लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन
- सरकारले अपहेलना गरेको भन्दै दुवै प्रहरी जोखिम भत्ता नलिने निष्कर्षमा पुगे