Khabar Dabali Logo
  January 20, Wed

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै मुख्यमन्त्री गुरुङले भने, “पार्टीको फुटले न त देशलाई समृद्धि दिन सक्छ न त कसैलाई फाइदा नै ।”

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा आज स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उनले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए । “हिजो जनताकै चाहनाले पार्टी एक भएको हो” मुख्यमन्त्री गुरुङले भने, “एक भएका कम्युनिष्ट व्यक्तिले चाहेर अलग हुन नसक्ने र जनताको आशालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।” श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेकी छोरी १३ वर्षीया अतिथिको यही मङ्सिर १ गते भाइटीकाका दिन अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पोखरामा सोही दिन निधन भएको थियो ।

मंसिर ९ गते, २०७७ - २०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...   

बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...   

८० वर्षमा नागरिकता प्राप्त

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...   

भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...   
बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड

बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...   
इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...   

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...   

लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ

काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...   

गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...   

माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top