Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कोरोना भाइरसबाट हालसम्म करिब १४ लाख व्यक्तिहरुको मृत्यु

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्रमित भइसकेका छन् ।सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ सोमबार एकै दिनमा कोरोना भाइरसबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृत्यु भएको छ र पोल्याण्डमा ५४० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सक्रमणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ । यहाँ ६० लाख ८७ हजार ६०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

भारतमा १ लाख ३४ हजार २१८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृत्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृत्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies