


पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेको हो ।
मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन्। आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
अवार्डका लागि मनोनयनमा परेका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वाग्मती प्रदेशका तीन प्रहरी कर्मचारी निलम्बनमा
वागमती । सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय...आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल...नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब
काठमाडाै । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै...ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता हुन्छ : पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेकपाका महासचिव महासचिव विष्णुप्रसाद...ओली कम्युनिस्ट हुन लायकै छैनन, त्यसैले साधारण सदस्यबाटै निष्काशन गर्दैछौ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट...सांसद किनबेचकाे खेल भएपछि प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू...प्रधानमन्त्रीको प्रश्न : भारतीय पत्रकारले सगरमाथा खान्छु भनेको छर ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन...नेम्वाङ र खरेलले बोलेका कुरालाई प्रमाणका रूपमा लिनुपर्छ : अधिवक्ता भट्टराई
काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र तत्कालीन सांसद...प्रतिनिधिसभा पुनःस्थापना गर्न प्रेस सङ्गठनको माग
काठमाडौं । प्रेस सङ्गठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको...आइपुग्यो भारतले अनुदानमा दिएको कोरोना खोप, पहिलो चरणमा कसले पाउनेछन् ?
काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख...

प्रतिकृया लेख्नुहोस्:
- नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली
- दिल्लीद्वारा सन्दीप लामिछानेलाई फुकुवा, अब अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
- निर्वाचन चहलपहल : भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, ६ वटा केन्द्र थप
- बहस गर्ने वकिलको नाम नथप्न आदेश
- सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना