Khabar Dabali Logo
  January 20, Wed

किसानलाई घाँसको बीउ वितरण

स्याङ्जा । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको नगर प्रमुख भूपराज अधिकारीले बताए । नगर प्रमुख अधिकारीले भने,“दूध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार काम गरिरहेका छौँ, त्यसैले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिनाका साथै पशुपालनका लागि आवश्यक पर्ने घाँसको बीउ पनि वितरण गरेका हौँ ।”

नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले दूध तथा मासुको उत्पादनलागत घटाउन उन्नत जातका घाँसको बीउ वितरण गरिएको जानकारी दिए । हिउँदे घाँसअन्तर्गत जै र वर्र्षम जातका घाँसका बीउ वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु १५ का दरले अनुदान दिन थालेपछि उनीहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् ।

मंसिर ९ गते, २०७७ - १७:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा...   

बालिका जबरर्जस्ती करणी गर्ने युवकलाई २० वर्ष कैद फैसला

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको...   

८० वर्षमा नागरिकता प्राप्त

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको...   

भरतपुर अस्पतालमा आजबाट आँखाको उपचार सेवा शुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै...   
बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड

बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः आर्थिक सल्लाहकार दुगड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक...   
इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार...   

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम...   

लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ

काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...   

गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...   

माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने

सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top