Khabar Dabali Logo
  January 26, Tue

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने, १६ दिनपछि काम सुरु

तुलसीपुर । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो स्थापना गरिने भएको छ । ६ वटा टयाङ्क र २ वटा बाउजर मेसिन तयारी अवस्थामा रहेकाले निर्माणको काम १६ दिनपछि सुरु गरिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

टयाङ्क र बाउजरका लागि टेन्डर भइसकेको छ । बैशाख १ गते उद्घाटन गर्नेगरी निर्माण कार्यलाई तिब्रबनाईने उनले जानकारी दिए । दुईवटा टयाङकले दैनिक ३ वटा जहाज आएपनि एक महिनासम्म तेलले धान्ने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

तत्कालका लागि अफिस, क्यालीब्रेसन टावर र पार्कीङको काम सुरु गरिने उनले बताए । त्यसका लागि ७ कठ्ठा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले दिनका लागि मौखीक रुपमा सहमति जनाई सकेको छ भने तुलसीपुर उपमहागनरपालिकाले १ करोड र निगमले ५ करोड खर्चन गर्ने भएको छ ।

निगमबाट आएको प्राविधिक टोलिले जग्गाको सर्वेसमेत गरेको छ । इन्धन डिपो स्थापना भएपछि तुलसीपुर–डोल्पा र तुलसीपुर –पोखराका लागि उडान भर्ने गरी छलफल भइरहेको तुलसीपुुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । इन्धन डिपो संचालन भएपछि दाङबासीको ठूलो सपना पुरा हुने उनले बताए ।

एक बर्ष अघि देखिनै इन्धन डिपो आउँछ भने पनि विभिन्न कारणले रोकिएको भन्दै तुलसीपुर उद्योगबाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसेले यसलाई अब अन्तिम छलफल गराउनुपर्ने प्राविधिक टोलीसंग आग्रह गरे । ‘अब आउँछ – आउँछ भन्ने तर बिचमा फेरी पनि आएन भन्ने नहोस’ उपाध्यक्ष चालिसेले भने । टोलीमा उद्योगबाणिज्य संघका सल्लाहाकार नारायण खनाल, व्यवसायीहरू निमबहादुर केसी, बलदेव आचार्य, नगर प्रवक्ता श्याम डाँगी लगाएतको सहभागिता रहेको थियो ।

No description available.

मंसिर ९ गते, २०७७ - १२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन...   
अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन

अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक...   

११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु

कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...   

बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...   

आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...   

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...   

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली

काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...   
नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते

काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...   

गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top