


निकुञ्जमा विशेष सुरक्षा अभियान सञ्चालन


-
-
मंसिर ९ गते, २०७७ - ११:३३

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ ।
निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । अधिकृत बरालले भने, “विगतका वर्षहरुमा यसै मौसममा चोरी शिकारीका घटना बढी हुने तथ्याङ्क छ, त्यसकारण चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणले सुरक्षा गस्तीलाई बढाउनुका साथै सुरक्षाका रणनीति परिवर्तन गरी विभिन्न विशेष अपरेसन कारवाही सञ्चालन गरेका छौँ ।”
निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । बर्सातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाइ छ ।
निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थानीयवासीले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर इलाका प्रवेश नगर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम कारवाहीमा पछिल्लो समयमा राजनीतिक दबाबले समेत प्रभाव पारेको भन्दै सबै संरक्षणको भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्याउने जोकोहीलाई पनि निरुत्साहित गर्न संरक्षणकर्मीले माग पनि गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा भएको गैँडाको चोरी शिकारीका कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तीहरु बढाउनुका साथै विशेष सैनिक कारवाही सञ्चालनमा ल्याएको छ । संवेदनशील क्षेत्रमा प्रविधिजन्य उपकरण जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिम प्राप्त कुकुर टोलीको समेत प्रयोग गरी दैनिक गस्तीका कार्यसञ्चालन गर्दै आइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने
मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई...महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी...‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १०...करिब २५ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ
लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ...गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा...भारको अनुलदानमा उपलब्ध कोरोना खोप ‘कोभिशिल्ड’ कर्णालीमा पुग्यो
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
लगकोट । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान...विषम मौसमी घटनाबाट यस शताब्दीमा ४ लाख ८० हजारको मृत्यु
पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार...विभिन्न चोरीका सामान सहित २६ वर्षीय शर्मा पक्राउ
कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुर बस्ने पर्वत कुश्मा नगरपालिका...लुटपाट गरेको अभियोगमा २३ वर्षीय सूर्य पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका ८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प७९१० नम्बरको स्कुटर...

प्रतिकृया लेख्नुहोस्:
- महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
- ‘केटू’ हिमालको आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपालीलाई काठमाडौँमा भव्य स्वागत
- करिब २५ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ
- गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना व्यक्त
- नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु