


सम्बन्धविच्छेद मुद्दा दायरपछि श्रीमती र छोरीमाथि एसिड प्रहार


-
-
मंसिर ९ गते, २०७७ - ०८:३३

धनुषा । २९ कात्तिकमा लक्ष्मीपूजाको तयारीमा लागेकी आरतीदेवी साह तीनवर्षे छोरीलाई दूध किन्न नजिकको पसलमा पठाउँदै थिइन् । ढोकामा उभिएर छोरीलाई बोलाइरहेकी आरतीको दाहिने गाला, आँखा र हातमा एक्कासि असह्य हुने गरी पोल्यो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – एक्कासी गाला, आँखा, हात र खुट्टा धारिलो हतियारले काटे जसरी पोल्न थाले । उनी चिच्याउँदै ढोकामा थचक्क बसिन् । जलनले छटपटाउँदै गर्दा घरअगाडिबाट दौडिँदै गरेका आफ्नै श्रीमानलाई देखिन् । तीन वर्षे छोरी रिया पनि आरतीसँगै चिच्याइरहेकी थिइन् । छोरी र नातिनीको चिच्याहट सुनेर कोठाभित्रबाट अतालिँदै उनका बाबु–आमा सुबोध साह र सुनिता बाहिर आए ।
‘छोरी र नातिनीलाई तेजाब हानेका रहेछन्,’ सुबोध भन्छन्, ‘एकैछिनमा छोरीको सबै शरीर जलिसकेको रहेछ । नातिनीको पाखुरा र टाउकोमा केही छिटा परेको रहेछ ।’आरतीको पाँच वर्षअघि जनकपुरधाम–७ का सञ्जीव साहसँग विवाह भयो । सञ्जीवले मागेजति दाइजो दिएर धुमाधामसँग विवाह भए पनि केही समय लगत्तै आरतीलाई कुटपिट गर्न थाले । ‘छोरीलाई दिनदिनै कुट्न थाल्यो, करेन्ट पनि लगाउन थाल्यो,’ छोरीको उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित अस्पताल आएकी सुनिता भन्छिन् ।
श्रीमानको निरन्तर कुटपिट सहन नसकेर आरती डेढ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । उनका बाबु सुबोधका अनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय धनुषाको रोहबरमा आरती र सञ्जीव अलग–अलग बस्ने सहमति भएको थियो । सोहीअनुसार अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर भएको थियो । ‘लकडाउनले गर्दा अदालत बन्द भएपछि फैसला हुन पाएन,’ सुबोध भन्छन्, ‘दीपावलीपछि फैसला हुनेवाला थियो । अपराधीले यस्तो गर्यो ।’
कीर्तिपुर अस्पतालमा पहिलो शल्यक्रियापछि आरतीलाई ब्यान्डेजले बेरिएको छ । उनको बायाँ हात र बायाँ गालाबाहेक शरीरभर ब्यान्डेज लगाइएको छ । बाबु–आमासँग कुरा हुँदै गर्दा बायाँ हातका औँला हल्लाएर आफूले पनि बोल्न चाहेको संकेत गरिन् ।
‘स्टिलको गिलासमा ल्याएको थियो,’ उनको मुखबाट लरबराएको सानो स्वर निस्कियो । सम्बन्धविच्छेद मुद्दा दर्ता गर्दा पनि आफूहरूले केटा पक्षबाट एक रुपैयाँ पनि नचाहिने बताएको सुबोध बताउँछन् । ‘मलाई छोरीको ज्यानको माया थियो । उसले सधैँ कुटपिट गर्न थालेपछि एक रुपैयाँ पनि चाहिएन, तर छोरी बाँच्नुप¥यो भनेर मुद्दा दर्ता गरेका हौँ,’ उनी भन्छन् ।
केटा पक्षको चाहनाअनुसार नै सुबोधले आरतीको विवाहमा ऋण गरेर भए पनि मोटरसाइकल र एक तोला सुन दाइजो दिए । ‘ठेलामा चाउमिन बेचेर जम्मा गरेको पैसाले छोरीको बिहे गरेको हुँ,’ उनी भन्छन्, ‘विवाहमा मात्र १० लाख रुपैयाँ खर्च भएको थियो ।’
सुबोधको एक आना जमिन छैन, घर हुने कुरै भएन । आरतीसहित चार छोरी र दुई छोरा उनले भाडाको कोठामै हुर्काएका हुन् । ‘गरिब हुँ । जमिन र घर छैन, महिनामा ६ हजार रुपैयाँ तिरेर भाडामा बस्छौँ,’ उनी भन्छन् । आरतीमाथि एसिड आक्रमण भएपछि अतालिएकी सुनिताले अर्की १५ वर्षकी छोरीलाई फूपूको घरमा पठाएकी छिन् ।
सुबोध र सुनिता छोरीको उपचारका लागि काठमाडौं आएका छन् । नेपाली प्रस्टसँग बोल्न नसक्ने उनीहरू आफूले भोगेको पीडासमेत अरूले बुझ्ने गरी पोख्न सकिरहेका छैनन् । अरूले आफ्नो बोली बुझ्न नसकेपछि उनीहरू हात जोड्दै भन्छन्– ‘मालिक बेटी बचाइदे’ । ब्यान्डेजले बेरिएकी छोरीतर्फ एकोहोरो हेर्दै टोलाइरहेकी सुनिता अचानक भन्छिन्, ‘भगवानले दिएको छोरीको अनुहार त अब कल्पनामा मात्र रह्यो । अब त त्यो पापीले दिएको अनुहार हुने भयो ।’
उपचारमा संलग्न डा. अजय ढकालका अनुसार आरतीको दायाँ गाला, आँखा, हात, खुट्टा र छातीमा एसिडले पोलेको छ । प्राथमिक चरणको ‘स्किन ड्राफ्टिङ’ गरिए पनि उपचारमा अझै लामो समय लाग्ने उनी बताउँछन् । शरीरको २० प्रतिशत हिस्सामा एसिडले चोट पुर्याएकाले उपचारमा समय लाग्ने उनको भनाइ छ ।
एसिड आक्रमण गर्ने आरतीका श्रीमान् सञ्जीवलाई प्रहरीले घटना भएको तीन घन्टामै पक्राउ गरेको छ । धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतका अनुसार सम्बन्धविच्छेद मुद्दा दर्ता गराएकै कारण सञ्जीवले एसिड प्रहार गरेको बयान दिएका छन् । उनलाई एसिड बिक्री गर्ने नगेन्द्र साहलाई ५८ बोतल एसिडसहित प्रहरीले पक्राउ गरेको छ ।
१२ असोजमा सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’ जारी गरेको छ । अध्यादेशमा एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद सजाय तथा आक्रमणमा परेकाको निःशुल्क उपचारलगायत प्रावधान छन् । अध्यादेश जारी भएपछि एसिड आक्रमणको यो पहिलो घटना हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध...चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री...मकवानपुरमा विप्लवका कार्यकर्ताले जलाए बोलेरो
काठमाडौं । मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता कार्यकर्ताले...माघ १४ बाट कोरोना खोप लगाइने
काठमाडौं । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री...प्रधानमन्त्रीलाई गालीको वर्षा !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार...६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा...ओली समूहसँग सहकार्य नगर्न देउवामाथि आफ्नै पार्टी भित्रबाट दबाब
प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री...कांग्रेसमा जुटेन सहमति
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश...

प्रतिकृया लेख्नुहोस्:
- भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु
- सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
- बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
- ‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
- दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन