Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतका विदेशसचिव औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै

काठमाडौं । खुफिया र सेना प्रमुखको भ्रमणपछि भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुई दिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद ठप्प भएका वेला गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगलाको भ्रमण तय भएको हो ।

एक वर्षपछि दुई देशबीचको संवाद सुरक्षा र खुफिया एजेन्सीको तहबाट सुरु भई बल्ल औपचारिक कूटनीतिक च्यानलबाट सम्बन्ध अघि बढ्न खोजेको छ । कार्यभार सम्हालेको ११ महिनापछि भारतीय विदेश सचिवको यो परिचयात्मक भ्रमण हो ।

विदेशसचिव भएलगत्तै छिमेकी देशहरूको भ्रमणमा जाने परम्परा रहेकोमा दुई देशबीचको नक्सा विवाद एवं कोभिड– १९ महामारीका कारण विदेशसचिवको भ्रमण तय हुन झन्डै एक वर्ष लागेको हो ।

गत वर्ष भारतले कालापानी समेटेर पहिलोपटक नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक रूपमा विरोधपत्र पठाएर वार्ताका लागि प्रस्ताव गरेको थियो । त्यसयता नेपालले निरन्तर वार्ताका लागि आग्रह गर्दै आए पनि भारतीय विदेशसचिवको भ्रमण हुन सकेको थिएन ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार एकै समयमा विज्ञप्तिमार्फत विदेशसचिव शृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् । विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशसचिव शृंगलाले बिहीबार नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् । वार्तामा परराष्ट्रसचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा आउन लागेका शृंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीच उच्चस्तरीय भ्रमणहरूको नियमित आदानप्रदान हो ।’

भारतीय विदेशसचिव शृंगलाले नेपाल सरकारलाई कोभिड– १९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । दुवै देशले विज्ञप्तिमा सीमा समस्याबारे छलफल हुने वा नहुने केही खुलाएका छैनन् ।

कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशसचिव शृंगलाको परिचयात्मक भ्रमण भएका कारण सीमासम्बन्धी औपचारिक संयन्त्रको आगामी बैठकमा मात्रै सीमाका विषयमा छलफल हुनेछ । मंसिर अन्तिम साता हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दिने निर्देशनका आधारमा सचिवस्तरीय संयन्त्रको बैठक बस्नेछ ।

‘अहिले विदेशसचिव शृंगलाको भ्रमण सद्भावना खालको र परिचयात्मक भ्रमण हो, यो भ्रमणबाटै धेरै आशा गर्न सकिँदैन । तर, औपचारिक तहमा संवाद प्रारम्भ हुनु नै अहिलेको उपलब्धि मान्नुपर्छ,’ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies