


सुशासन भाषणमा होइन व्यवहारमा देखाऔँ : पूर्वमन्त्री बाँस्कोटा


-
-
मंसिर ८ गते, २०७७ - १७:००

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” उनले भने ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए । “हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् । ” उनले भने । यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगरप्रमुख भीम न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आगोले नै निभायो आगो
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु...भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजारभन्दा बढी
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी...सीमामा निरन्तर किचलो : ढलेका स्तम्भ उस्तै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ...अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार...चीनले पाँच दिनमा १ हजार ५०० आइसोलेसन सेन्टर बनायो
सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु...अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या
काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या...इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो
जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या...शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ एक लाख ६२ हजारले डाउनलोड गरे
काठामाडौँ । सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया
काठमाडौँ । मनोहरा सफाइ अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया...घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व
दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित...
