


अमेरिकी नागरिकले डिसेम्बरसम्म कोभिड खोप पाउने


-
-
मंसिर ८ गते, २०७७ - ०८:१३

एजेन्सी । फाइजरले अमेरिकामा खोपलाई आकस्मिक अनुमति दिन आवेदन दिएको छ
कोभिड-१९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्।
अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन्।
डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना सुनाए।
देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ।
अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन्।
दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।
तयारी के छ ?
परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।
खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी(सेलहरू आफैँ बनाउँछ।
फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन ९एफडीए० को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।
डा. स्लावीले सीएनएनसँग ुअनुमति पाएको दुई दिनमैु खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित...बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...ओली जुन तरिकाले आउँछन्, हामीहरू त्यही ढंगले अघि बढ्छौं : प्रचण्ड-नेपाल समुह
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन...सुनको मूल्य घट्यो, तोलाको कतिमा झर्याे ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा...सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि
सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२०...स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द हुँदा अर्बौं रकम गुम्यो
काठमाडौं । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...आज पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप
काठमाडौं । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन्। स्वास्थ्य...नेता–कार्यकर्तालाई ओलीले भने: बेहाल हुनबाट जोगिन छ भने पार्टीको मूलधारमा फर्कनुस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन...रङ्गशाला निर्माणका लागि भरतपुर महानगरद्वारा चार करोड सहयोग
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री भनेर छोड्न हुन्न, उहाँलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नुपर्छ : कानुन व्यवसायी
- स्वरोजगार बन्दै पोर्चुगलका नेपाली
- बरिष्ठ अधिवक्ता घिमिरे भने-प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको गीत याद आयो
- प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी