दमौली । स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् ।
अध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याए ।
“नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उने भने, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”
गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि कांग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताए। प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उहाँले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा ट्रेड युनियन कांग्रेसका सभापति सूर्यचन्द हड्खलेले कांग्रेस नेता बनाउने कि पार्टी जोगाउने भन्ने कुरामा गम्भीर भएर नाफा र घाटाको हिसाब नगरी सबै जना एकजुट भएर कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए।
आगामी चुनावमा कांग्रेसको सरकार आउने गरी पार्टीका सबै नेता मिलेर काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । स्कूल अफ ड्रेमोक्रेसीका अध्यक्ष डम्बर अधिकारीले संसद् आह्वानका लागि कांग्रेसले दबाब दिनुपर्ने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: