
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

-
खबरडबली संवाददाता
-
मंसिर ७ गते, २०७७ - १८:११

पार्टी विवादका कारण एक्लिएका ओलीले पद जानसक्ने चिन्तालाई मध्यजनर गर्दै देउवासँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेका हुन्
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका माझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
नेकपा विभाजन भएको अवस्थामा सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।
शनिबार दिउँसो ३ घण्टा भएको गोप्य भेटमा नेकपा अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको देउवा निकट स्रोतले बताएको छ । उक्त भेटबारे कांग्रेस नेता रमेश लेखकले पनि पुष्टि गरे ।
संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै देउवालाई प्रधानमन्त्री ओलीले बोलाएका थिए । तर, पार्टी विवादका कारण एक्लिएका ओलीले पद जानसक्ने चिन्तालाई मध्यजनर गर्दै देउवासँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेका हुन् ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटेको भोलिपल्टै देउवाले ओलीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए । त्यसको कांग्रेस नेताहरूले नै विरोध जनाएका थिए । यसपटकको भेटबारे कांग्रेस नेताहरूले केही प्रतिक्रिया दिएका छैनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पुर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात
काठमाडौं । पुर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका...सर्वोच्वले संसद बैठकका लागि १३ दिन किन तोक्यो ? यस्तो छ कारण !
काठमाडौं । विघठित संसदको पुनस्थापनाको फैसला गरेको सर्वोच्व अदालतले संसद बैठकका लागी किन १३ दिन तोक्यो...१४ वर्षीय किशोरद्वारा हातखुट्टा बाँधेर एकैदिन ४ बालिकामाथि बलात्कार
गुलरिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको...प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले...जसपा नेता र प्रचण्ड–नेपालबिच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी...शक्ति र सत्तासँग नझुकी जसले संविधान बचाए
काठमाडौं। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई संविधानको संरक्षकको गरिमा र जिम्मेवारी दिएको छ।...प्रचण्डलाई भेटेर के भने वामदेव गौतमले ?
काठमाडौं । सवोच्व अदालतले विघठित संसद पुनस्थापनाको फैसला गरेलगत्तै आफु नेकपाको एकता बचाउन लाग्ने...ओली समूहको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको...कांग्रेसको पदाधिकारी बैठक बस्दै, के गर्ला निर्णय ?
काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।...ओली पक्षिय युवा संघमा फेरी लफडा
पोखरा। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजक चयन प्रति असहमती...

प्रतिकृया लेख्नुहोस्:
- तालाबन्दी खुल्न नसकेपछि अस्तव्यस्त बन्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय
- प्रधानमन्त्री ओलीले संसद्मा डटेर सामना गर्नुहुन्छ : उपप्रधानमन्त्री पोखरेल
- ओली समुहको प्रमुख सचेतक बने भट्टराई
- बालिका बलात्कार गर्ने २२ वर्षीय युवकलाई १८ वर्ष कैद सजायको फैसला
- अब परीक्षा उत्तीर्ण भएको एक महिनाभित्रमा चालक अनुमतिपत्र पाइने
- सर्वोच्वले संसद बैठकका लागि १३ दिन किन तोक्यो ? यस्तो छ कारण !
- प्रचण्ड–माधवले यस्ताे रणनीति अपनाए के हुन्छ ? राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुखमा नयाँ समिकरण !
- जसपा नेता र प्रचण्ड–नेपालबिच भेटवार्ता, के भयो छलफल ?
- प्रचण्डलाई भेटेर के भने वामदेव गौतमले ?
- कांग्रेसको पदाधिकारी बैठक बस्दै, के गर्ला निर्णय ?