Khabar Dabali Logo
  November 29, Sun

वाग्मती सफाइ महाअभियान : ४ सय औँ हप्तालाई विशेष बनाइने

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । सो अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नुपर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएका छन् ।

भर्चुअल माध्यमबाट शनिबार आयोजना गरिएको छलफल कार्यक्रममा उनले महाअभियान विनापैसाको एवं कुनै समिति नबनाई सञ्चालनमा रहेको बताए ।

“महाअभियानमा धेरै पैसा आएको छ, त्यही भएर अभियानकर्मी लामो समयदेखि लागिपरेका छन् भन्ने भ्रम आम मानिसमा परिरहेको छ । निःस्वार्थ वाग्मती किनारमा जम्मा भएर दिसापिसाबलगायत फोहर सफाइ गर्दा पनि पैसाका पछि लागेको आरोप खेप्नुपरेकाले यसलाई जनसमक्ष प्रष्ट पार्नुपर्छ”, चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहनुभएका पौडेलले अभियानकर्मीलाई सम्बोधन गर्दै भने । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरेका कारण यस्तो आरोप लागेकामा पुनःविचार गर्न अभियानकर्मीले माग गरेका छन् ।

महाअभियान शुरु भएको १२ हप्तासम्म पनि अधिकार सम्पन्न वाग्मती महाअभियानसँग जोडिएको थिएन । कार्यक्रममा अभियानकर्मी ओम बस्नेतले अधिकारसम्पन्न वाग्मतीसँग सहकार्य नगरी स्वतन्त्र स्वयंसेवी महाअभियानका रुपमा वाग्मती सफाइलाई अघि बढाउनुपर्ने बताए ।

विगतमा भगवान्दास मानन्धरले एक्लै वाग्मती सफाइ शुरु गरेजस्तै स्वयंसेवी अभियानकर्मीमात्र सहभागी भएर सफाइ अभियानलाई अघि बढाउनुपर्नेमा कार्यक्रममा अभियानकर्मी राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोविन्द काफ्ले, चक्रबहादुर चन्द, प्रिया लामिछानेलगायतले जोड दिएका थिए। हुतराम वैद्यले पनि लामो समयसम्म एक्लै वाग्मती सफाइ चलाएका थिए ।

अभियानकर्मीले सो दिन वाग्मतीलगायत यसका सहायक नदीका मुहान क्षेत्रमा माछाका भुरा छाडेर सकारात्मक सन्देश दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । वाग्मतीलगायत यसका सहायक नदीको दायाँबायाँ खाली रहेको जग्गामा बगैँचा बनाएर पनि नदी सभ्यता संरक्षणमा सहयोग गर्न सकिने अभियनकर्मीको भनाइ थियो ।

अभियानकर्मीसमेत रहेका पूर्वसचिव किशोर थापाले कोरोना भाइरसको सङ्क्रमणका कारण अभियानकर्मी टाढा हुन थालेकाले उपत्यकाका १८ वटै स्थानीय तहलाई वाग्मती र यसका सहायक नदी सफा राख्न जिम्मेवार बनाउने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताए । उपत्यकावासीका घरघरमा सफाइ अभियानका विषयमा चेतना जगाई कुहिने र नकुहिने फोहरलाई छुट्याएर वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो ।

अभियानकर्मी डा लक्ष्मी पौडेलले वाग्मती सफाइ महाअभियानमा अधिकारसम्पन्न वाग्मती समितिसँगै उपत्यकाका स्थानीय तह र वडालाई पनि जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।

मंसिर ७ गते, २०७७ - १३:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारमा आज पनि नयाँ कीर्तिमान, नौ अर्ब माथीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से...   

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको...   

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन, शिक्षामा दीर्घकालीन असर पर्ने विज्ञहरुको भनाइ

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको...   

पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा काेराेना पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...   
बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं । बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर सर्भिसेज कम्पनीको एक हेलिकप्टर नुवाकोटमा...   

कोरोना न्यूनीकरणमा सांसदको भूमिका प्रभावकारी हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना...   

यस्तो छ उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको...   

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी...   

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट, एक टिकट खरिदमा अर्को टिकट निःशुल्क

काठमाडौं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न...   
चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा स्वागत, यी दुई एजेन्डामा छलफल हुने

काठमाडौं । एकदिने नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top